ताप्लेजुङबाट शव बोकेर हेलिकोप्टर उड्यो « Khabarhub
Logo
१० कार्तिक २०७८, बुधबार

ताप्लेजुङबाट शव बोकेर हेलिकोप्टर उड्यो



संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीसहित सात जानको शव बोकेर काठमाडौं आउँदै गरेको नेपाली सेनाको हेलिकोप्टर । तस्वीर रासस

काठमाडौं–ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएकाको शव काठमाडौं पठाइएको छ । खराब मौसमका कारण बिहानैदेखि उड्न नसकेको हेलिकोप्टर दिउँसो सवा १२ बजे उडेको सुकेटार विमानस्थल नजिकै रहेको ओम राईले जानकारी दिए ।

राईका अनुसार नेपाली सेनाको हेलिकोप्टरमा राखेर शव काठमाडौं पठाइएको छ ।

दुर्घटनास्थलबाट बुधबार ४ जनाको शव सुकेटार विमानस्थल ल्याइएको थियो । बाँकी ३ जनाको शव आज(बिहीबार)बिहानै विमानस्थलमा ल्याएर मुचुल्का तयार पारी काठमाडौं पठाउने तयारीका साथ विमानस्थलमा राखिएपनि मौसमका कारण हेलिकोप्टर उडाउन नसक्दा शव पढाउन ढिलाई भएको थियो ।


भर्खर

0