हेलिकोप्टर दुर्घटनाको पीडा– डा. हर्क गुरुङदेखि रवीन्द्र अधिकारीसम्म « Khabarhub
Logo
१० असार २०७८, बिहीबार

हेलिकोप्टर दुर्घटनाको पीडा– डा. हर्क गुरुङदेखि रवीन्द्र अधिकारीसम्म



 

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाको समाचार सुन्दा अरू जति विछिप्त भए म पनि त्यत्तिकै स्तब्ध बनेको छु  । हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्रीका पीएसओअर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकारयुवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियरधुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको अशामयिक निधन भयो  ।

साँचो अर्थमा भन्नु पर्दा यी सात मृतकमध्य म आङछिरिङ शेर्पालाई मात्र राम्रोसंग चिन्दछु  । यहाँ म नेपालका होनहार युवा पाईलट प्रभाकर केसीलाई यउटा योद्धाको मृत्युवरणको रुपमा लिन चाहन्छु  । किन भने नेपालकोजस्तो बिकट भू–भागमा बिना-सिमुलेटर, भरपर्न नसकिने मौसम,मेशिनलाई लिएर हाकिमको आदेशलाई नै शिरोपर गरी उड्ने पाइलट भनेका हिजोका दिनमा माओबादी सशस्त्र युद्ध-ताका थ्री-नट-थ्री बोकीहिँडने प्रहरी जस्तै लाग्छ मलाई  ।

नेपालमा आज केसी जस्ता लाउँ-खाउँ भन्ने उमेरका, आफ्नो काममा ज्यानको परवाह नगरी मृत्युवरण गर्नेपाइलट र एयर होस्टेसहरु धेरै भइसके । जवानीको जोशै-जोशैले भरिएर नेपालको पाइलट बन्न पुगेको एउटा औषत परिवारको अनुसाशित र केही गरी खान्छु भनेर हिँडेको नेपालीको छोरोको अकालमा मृत्यु हुँदा दु:ख नमान्ने को नै नेपाली होला यो नेपालमा ?

यी स्वर्गिय पुण्य-आत्मामध्य मैले राम्ररी चिनेको मध्यमा हुनुहुन्छ आङ-छिरिङ शेर्पा । आङ-छिरिङ शेर्पाको ठमेलको एशियन ट्रेकदेखि हेलिकोप्टरको सफल व्यावसाय, हिमालको शंरक्षण गर्ने अभियानदेखिलिएर नेपाल र नेपालको हिमाललाई विश्वमा चिनाउने काममा समर्पित थिए  ।

नेपालका पुर्व-प्रहरी महानीरिक्षक डिबी लामाको अन्त्यष्टिको समयमा उनको मृत-पूजामा संलग्न लामाले भनेका कुरा अझै सम्झन्छु । त्यसबेला उनले भनेका थए, “डिबी लामा को आत्मा त स्वर्गमा पुगिसकेको छ । जबसम्म उनी यो शरीरमा थिए, त्यसवेलासम्म मात्र यो शरीर डिबीलामा थियो । अब त यो लाशमात्र हो, यो डिबी लामा होइन  । “मलाई लाग्छ आङ छिरिङ पनि बुद्धिष्ट हुन् र उनको आत्माले पनि स्वर्गको बाटो लिइसकेको छ । उनले आफ्नो जीवनकालमा धेरै धेरै राम्रो काम गरेका छन्, किर्ती राखेर गएका छन्, उनको नाम अमर रहने छ, उनी मरेर गए पनि उनको नाम जिवित नै रही रहने छ  ।

त्यसैगरी, हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठपनि मेरा पुराना साथीनै हुन् । मैले उनलाई सम्झँदा मलाई नेपाल वायु सेवाका पुराना गौरवमय दिनहरुको सम्झना आउँछ  ।

सन् १९८८ मा म जब  डिएसपी हुँदा अध्यागमन प्रमुख थिएँ, त्यसवेलाका उड्डयनमन्त्री रमेशनाथ पाण्डेले हाम्रो आँखा अगाडि ‘कर्णली’ नाम गरेको जेटको अनावरण गर्दा गौरवले छाती फुलेर गदगद हुन पुगेको थियो । तर आज नेपाली उड्डयनको इतिहासमा यो के हुँदै छ  ? एक दुर्घटनापछि अर्को दुर्घटना ! दुर्घटना नै दुर्घटना !

केही महिना अघि म नेपालगन्ज काठमाडौँमा उडान भर्दा तीस मिनेटको उडानमा काठमाडौँमा आइपुगियो अवतरण गर्ने वेलामा भने ल्याण्ड गर्ने क्लिएरेन्स नपाएर एकघन्टासम्म चौतारेको आकाशमाथि जोखिम मोलेर हवाइ-चक्कर लगाएको लगायै गर्नुपर्दा त मर्ने डर पनि लाग्यो अनि नेपालको नागरिक उड्ययन प्राधिकरणप्रति रीस पनि उठ्यो । हुनत यसमा स्वर्गीय वीरेन्द्रजीकोसरोकार नहोला तर पनि उहाँलाई समवेदनाको दिँदा मनमा यस्ता कुराहरु पनि आउने रहेछन्  ।

दुर्घटनामा ज्यान गुमाएका वर्दिधारी पीएसओ अर्जुनकुमार घिमिरेलाई सम्झिँदा म पूर्व-सशस्त्र प्रहरी महानीरिक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ, उहाँकी धर्मपत्नी नुडुप श्रेष्ठसँगै गोली हानिएर वीरगति प्राप्त गर्ने अति योग्य पीएसओ सब ईन्सपेक्टर सूर्य रेग्मीलाई सम्झन पुग्छु  ।

उनी आफ्नो ब्याचमा अलराउण्ड फर्स्ट थिए, त्यसैले सशस्त्र बलका प्रथम आईजीका पीएसओमा छानिए  । जब आईजी र उनको धर्म पत्नीको नाममा कृष्णमोहन-नुडुप प्रतिष्ठान बनेर शालिक खडा भयो, उनीहरुको नाममा वार्षिक समारोह मनाउन थालियो, तर उनीहरुको रक्षार्थ वीरगति पाउनेको नाम भने विलाएर गयो  ।

स्वर्गीय मन्त्रीज्युको पीएसओ अर्जुनकुमार घिमिरे स्वर्गीय मन्त्रीसँगै स्वर्ग हिँडे पनि कम्पार्टमेन्ट वा तह भने फरक-फरक भएकोले मरणको श्रेणी पनि त अलग अलग त हुने नै भयो । अन्य दुई स्वर्गारोहण गर्नु भएका प्रधानमन्त्री कार्यालयका सल्लाहकारयुवराज दाहाल र नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियरधुब्रदास भोछिभया काम र कर्तव्यको शिल-शिलामा जानु भएकोमा दैवको लीला नै त्यस्तै रहेको हुनुपर्छ, उहाँ हरुको पनि मरणमा त्यस्तै नै लिखिएको रहेछ भनेर चित्त बुझाउनु पर्ने भएको छ ।

तर यो घटनाको अर्को पक्ष पनि हुन सक्छ  । यो मेरो पूर्व पुलिसको अपराध अनुसन्धान गर्ने पेशाको उपज मात्र हुन पनि सक्छ्  । यसमा कुनै सत्यता नभएको नै वेश होला पनि । त्यो के हो भने वाईड-बडी घोटाला बाहिर निस्केपछि त्यसको सबैभन्दा ठूलो एक्टर अथवा नायक नै स्वर्गीय उड्डयन मन्त्री हुनु भएकोले स्वदेशी वा विदेशी पक्षको दुराशएको कारणले ‘ना रहे बाँस, ना बजे बाँशुरी’, भने झैँ, मुल जरो वा गवाही नै नष्टगरीदिने गलत अपराधिक आशय वा नियतले गरिएको यो षडयन्त्र (क्रिमिनल कन्स्पिरेसी) हो भनेर दाश-ढुंगा को जस्तै यो दुर्घटनाको वारे पनि जाचबुझ टोलीले लेख्ने आवश्यक नठन्ला  । किनकी बिगतमा एमाले आवद्ध डन दिनेश अधिकारी चरी को इन्काउन्टरमा पनि यस्तो शंका उप-शंका भने नउब्जेका पनि होइनन् ।

अन्त्यमा यस दुर्घटनामा परी अशामयिक निधन हुनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ ,मन्त्रीका पिएसोअर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकारयुवराज दाहाल, नेपाल नागरिक उड्यय प्राधिकरणका इन्जिनियरधुब्रदास भोछिभया अमर आत्माहरुको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु  ।

 

(थापा सशस्त्र प्रहरी बलका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्)

 


भर्खर

0