'हाँसेर नमस्ते गरौं, आफ्नो साथीलाई नेपाल घुम्न पठाऔं' | Khabarhub Khabarhub

‘हाँसेर नमस्ते गरौं, आफ्नो साथीलाई नेपाल घुम्न पठाऔं’


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली संघले नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०१९ अभियानलाई सफल बनाउन विभिन्न कार्य योजना एवं रणनीति सार्वजनिक गरेको छ । काठमाडौंमा आज (बिहीबार) आयोजित एक कायक्रमबीच यस अघि नै घोषणा गरेको नेपाल पर्यटन प्रवद्र्धन वर्ष अन्तर्गत अघि सारेका विभिन्न प्रस्तावित गतिविधिहरुबारे जानकारी गराइएको छ ।

कार्यक्रममा अध्यक्ष भवन भट्टले अभियान मार्फत सरकारको संघको सञ्जाल विस्तार भएका ८० मुलुक बाट पर्यटक भित्र्याउन ‘३ मित्र आफ्नो मुलुक पठाऊ’ अभियानलाई अघि बढाउने बताए । अध्यक्ष भट्टले नमस्ते, अतिथि देवो भवःलगायतका अभियानलाई निरन्तरता दिने, डायस्पोरा मार्फत नेपालको सांस्कृतिक, धार्मिक, साहसिक एवं पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको जानकारी दिए ।

उनले भने, ‘नेपालमा प्रत्येक पर्यटक देखे पछि हासेर नमस्कार गरौं र विदेशमा पनि हामीले मिठो मुस्कानसहित हाँसेर नमस्ते गरौं ताकी हाम्रो संस्कार देखेर पनि हाम्रो मुलुक घुम्ने रहर जागोस् भनी राष्ट्रिय समन्वय परिषद्हरुले काम गरिरहेका छन् ।’

उनले विदेशमा रहेका नेपाली समुदाय (डायस्पोराबाट) पर्यटकलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने, डायस्पोरामा नेपाली महोत्सव आयोजना गर्ने, विदेशीस्थित विभिन्न संघ–संस्थासँग मिलेर व्यवसायिक कार्यशाला एवं प्रवद्र्धनात्मक कार्यक्रम गर्ने, नेपालीद्वारा विदेशमा सञ्चालित रेष्टुरेन्ट एवं अन्य व्यवसायिक निकायमा समेत नेपाललाई चिनाउने खालका सामाग्री राख्ने र कार्यक्रम गर्ने लगायतका योजना संघले अघि बढाएको पनि बताए।

पर्यटन प्रवर्द्धनका लागि नेपाललाई चिनाउने मौलिक र सांस्कृतिक पहिचान झल्काउने खालका फोटो प्रदर्शनी, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गर्ने र सरकारले पहिचान गरेका एक सय वटा गन्तव्य स्थलमा बढी भन्दा डायस्पोरा एवं बाह्य पर्यटक भित्र्याउने रणनीति संघले अघि सारेको छ ।

कार्यक्रममा नेपाल पर्यटन वर्ष २०१९ अभियानका संयोजक सोम नाथ सापकोटा र एक्सपेरिएन्स नेपालका संयोजक दिपेशमान शाक्यले अभियान अन्तर्गतका प्रस्तावित गतिविधीबारे विस्तृत जानकारी गराएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ११ : ०३ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले