मन्त्रीको निधनमा कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

मन्त्रीको निधनमा कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काङ्ग्रेस संसदीय दलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार राति एक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित मृत्यु भएका सातै जनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।

दुर्घटनामा मन्त्रीसहित वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाली नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकप्टर पाइलट प्रभाकर केसीको निधन भएको थियो ।

‘शालीन तथा भद्र व्यक्तित्वका युवा एवं जुझारु नेता अधिकारीको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ । उहाँहरुको निधनले हामीलाई अत्यन्त मर्माहत बनाएको छ’, विज्ञप्तिमा भनिएको छ । कांग्रेस संसदीय दलले दिवङ्गत आत्मको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १० : २६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका