‘फूलिदेऊ’ गीतबाट फर्किए गायक जेनिस लामा | Khabarhub Khabarhub

‘फूलिदेऊ’ गीतबाट फर्किए गायक जेनिस लामा


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘यो कस्तो यात्रा रहेछ, मैले भुल्नै सकिनँ’ पूर्वी नेपालमा एकदमै रुचाइएको गीत हो यो । सायद अरुतिर गुड्ने बस र बज्ने रेडियो/एफएममा पनि खुब गुन्जिएको हुनुपर्छ ।

वर्षौंअघि रिलिज भएको यो गीतको ‘म्यूजिक भिडियो’ त बनेको छैन तर यसको अडियोमात्रै पनि श्रोतामाझ लोकप्रिय छ। युट्युबमामात्रै यसको अडियोलाई १ लाख ३५ हजारभन्दा बढीपल्ट हेरिएको छ ।

कुनैबेला पूर्वमा निकै परिचित ‘द लिजार्ड ब्यान्ड’ले निकालेको लोकप्रिय प्रेम गीत हो यो। यो गाउने गायक हुन् जेनिस लामा। जेनिस अर्थात् झापामा निकै रुचाइएको स्वर ।

यद्यपि, मूलधारको संगीतमा परिचित हुनलाई स्वरमात्रै भएर कहाँ पुुग्छ र ? जेनिस र यो ब्यान्डको प्रतिभा पनि राजधानी छिर्न नपाउँदै मोफसलमै खुम्चियो। कारण, उही कमजोर आर्थिक स्थिति त हो ।

यही कारण जेनिस र उनको ब्यान्ड पनि संगीतको दुनियाँबाट लामो समय टाढियो । तर, अहिले फेरि उनी श्रोता/दर्शकमाझ फर्किएका छन्, नयाँ गीत ‘फूलिदेऊ तिमी फूलसरी’को म्यूजिक भिडियोसहित ।

‘फूलिदेऊ तिमी फूलसरी
मुस्कुराएर सधैँभरी
नरिसाऊ तिमी यसरी
संसार नै कालो हुने गरी…’

गीतमा जेनिसकै शब्द र संगीत छ। म्यूजिक एरेन्ज आकाश गोर्खालीले गरेका छन्। कमल एक्चै मगरले सम्पादन एवम् निर्देशन गरेको गीतको भिडियोमा मोडलद्वय सुजना ढकाल र सिद्धान्त शर्मा फिचर्ड छन्।

यो ब्यान्डमा सुरेन तामाङ बास गितारिस्ट, विक्रम लिम्बु ड्रमर, रकेट राई लिड गितारिस्ट र बिजु मुखिया ब्यान्ड म्यानेजर छन्।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  २ : ५० बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको