२० बर्षपछिको संयोग : पितृपक्ष सकिने दिन यसो गरे हुनेछ धनलाभ | Khabarhub Khabarhub

२० बर्षपछिको संयोग : पितृपक्ष सकिने दिन यसो गरे हुनेछ धनलाभ


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज असोज ११ गते शनिबारबाट सोह्र श्राद्ध अन्तर्गतको पितृपक्ष सकिदैछ ।

पूर्णिमाबाट शुरू भएको पितृपक्ष औंशीको दिन सकिन्छ । तर यस पटकको सोह्र श्राद्ध अन्य समयको भन्दा निकै फरक तथा बिषेश संयोग युक्त छ ।

११ गते परेको शनिबार र औंशीको संयोग निकै महत्वपूर्ण मानिन्छ । यस पटकको सोह्र श्राद्धको अन्तिम दिन २०५६ साल यताको सबैभन्दा धनयोगको संयोग बनेको छ । उक्त दिन पवित्र मनले निम्न विधि पूर्वक दिवंगत पितृको बिदाई गरे धनलाभ हुनेछ ।

१. पिपलको पूजा

सोह्र श्राद्धको अन्तिम दिन पिपलको पत्तामा पाच प्रकारका मिठाई राखेर पिपलको पूजा गर्नुपर्छ । सत्य मनबाट पितृको प्रार्थना गरी आफ्नो मनोकामना मनबाटै ब्यक्त गरेमा बिग्रेका सबै काम बन्ने तथा धन प्राप्ति हुने योग हुन्छ ।

२. पशुपक्षीलाई ख्वाउनुस्

असोज ११ गते औसिको दिन ब्राम्हणका साथै गाई, काग, कमिला, कुकुर र बिरालो लगायतका जिवजन्तुलाई भोजन गराएमा पितृ सन्तुष्ट हुनेछन् । विशेष गरी कुकुर र बिरालोलाई सन्तृष्ट हुने गरी भोजन गराएमा पितृ खुसि भई धन प्राप्तीको वरदान दिनेछन् ।

३. निर्धनलाई दान गर्नुस्

सोह्र श्राद्धको अन्तिम दिन निर्धनलाई कालो तिल, नुन, चामल, लगायतको एक छाक भोजन हुने अन्न तथा सामाग्रि र छाता, जूता, वस्त्र दान गरे ठुलो पुण्य मिल्नेछ । धार्मिक आस्था अनुसार आफुले गरेको दान सामाग्री पितृले पाउने विश्वास गरीन्छ । साथै पितृलाई निस्वार्थ भावले गरेको दान कैयौं गुणा बढेर धनको रुपमा पाइने छ ।

४. जल दान

सोह्र श्राद्धको अन्तिम दिन अर्थात शनिबार र औंशीको संयोग परेको दिन मानिसहरुलाई पानि ख्वाउदा पितृ सन्तुष्ट हुने मानिन्छ । पानिमा सख्खर वा गुलियो पर्दाथ मिसाएर तिर्र्खाएका मानिसमा वितरण गरेमा पितृले धनलाभको आर्शिवाद दिनेछन् । पानिको दान महादान मानिन्छ ।

५. दिप बालेर पितृलाई नमन

आउने शनिबार साझँ घर बाहिर वा छतबाट दक्षिण दिशा तर्फ फर्किएर दिप बालि पितृको नाम लिएर नमन गरेमा पितृ खुसि हुने तथा धनधान्यको आर्शिवाद दिने गर्दछन् ।

पितृको प्राथनामा उनको आर्शिवादबाट मात्र आफ्नो सफलता तथा धनयोग भएको भनि पवित्र मनबाट कुनै बस्तुको चाह राखेमा पितृले उक्त बस्तु प्राप्तीको वरदान दिनेछन् ।

स्मरण रहोस् सोह्र श्राद्धको अन्तिम दिन कसैको चित्त दुखाउनु हुदैन । उक्त दिन मनमा पवित्र भाव राखि पितृको नाममा ध्यान लगाई सकेको दान दिनु अनिवार्य छ । २० बर्षपछि धनलाभ हुने दुर्लभ योग यसपटकको शनिबार र औंशी जुधेको दिन अर्थात सोह्र श्राद्धको अन्तिम दिन परेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : १० बजे

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मछिन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन्