दशैंको खानपानबारे डा अरुणाको सुझाव : करकाबमा धेरै नखानुस् | Khabarhub Khabarhub

दशैंको खानपानबारे डा अरुणाको सुझाव : करकाबमा धेरै नखानुस्


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालीहरुको महान वर्ष दशैं नजिकिँदै छ । दशैंको विशेष परिकार मासु हो । पहिला– पहिला मानिसहरुले मासु खानकै लागि दशैं कुर्नुपर्ने अवस्था थियो ।

त्यसैले पनि दशैंलाई मिठो मसिनो खाना खाने चाडको रुपमा पनि लिइन्थ्यो । तर समय परिवर्तन भएको छ ।

आजभोलि मानिसले चाहेको समयमा जस्तोसुकै परिकार र पोषयुक्त खाना खानसक्ने क्षमता राख्छन् । तर पनि नेपालीहरु दशैंलाई अझैपनि मासु खाने चाडकै रुपमा लिन्छन् । अन्य समय भन्दा दशैंको खानपान बढी नै हुन्छ ।

दशैंमा धेरै मासु तथा अन्य खानेकुरा बढी खानु स्वास्थ्यका लागि ठिक नहुने जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेती बताउँछिन् । उनी आफ्नो बाल्यकाल सम्झदै दशैंंको खानपान बारे यस्तो भन्छिन् :

हामी सानो छँदा आलु काउली, मासु, चिउरा, पुलाउ खान पाइने लोभमा हामी दशैंंको बेलामा टाढा टाढाको नाता लाग्ने मानिसहरुको घरमा गइन्थ्यो । अहिले चाहिँ ठूलालाई सबै ठाउँमा नयाँ लुगा प्रतिको मोह कम भएपनि दशैंंमा नातागोता साथीहरु सँग भेटघाट गर्ने कार्यक्रम झन बढदै गएको छ । यो राम्रो सामाजिक पक्ष हो ।

अहिले कतिपय वयस्कलाई उच्चरक्तचाप, मधुमेह आदि भएको छ त्यस्तो मान्छेले त दशैंंको बेला जिब्रोलाई लगाम नै दिनुपर्छ । तर प्राय यस्ता मानिसहरूलाई पनि दशैंंमा खानको लोभ रोक्न गाह्रो हुन्छ ।

एकछिन खान त रमाइलो नै हुन्छ । तर स्वास्थको पनि ध्यान दिनु पर्छ भन्ने कुरा चाहिँ बेवास्ता गरिन्छ । एक गाँस “कम खानु यो खास गाह्रो कुरा त होइन, स्वास्थ्य समस्यापरेका तर मानिसललाई कोचेर खाँदा त वित्यास नै पर्छ ।”

दशैंंको बेलामा मासु त जोडिएको नै हुन्छ । “दशैंंमा मासु भात नखाए के दशैंं” भन्ने सोच प्राय हुन्छ । पहिले पहिले मासु खान शायद चाड पर्व नै पखर्नु पर्ने हुनाले यसो भनिएको हो कि ?

हुन त अहिलेको बेलामा मासु खान दशैंं नै पर्खन त पर्दैन तै पनि विशेष गरी तिहार र दशैंंका बेलामा मासु भात, मासु चिउरा, मासुका अनेक परिकारहरुसँगै मसालेदार र तेल घिउले लदबद भएको खानेकुरा घरघरमा नै खाइन्छ । कति गाउँ ठाउँमा मासुभात खानको लागि पहिलेदेखि नै खसी बोको, सुगुर आदि पालेर राखेको हुन्छ । यो बेलामा समुदायमा खसी बोको, सुगुर मिलेर पनि काटिन्छ, बेसगरी खाइन्छ । तर यरी धेरै मासु र खाना खाँदा हामीले कति स्वस्थ भोजन गर्दछौं, सोच्ने बेला भएको छ ।

दशैंं तिहार र अन्य धेरै संस्कृति, धार्मिक चाडपर्वलाई परिवार र साथीहरुसंग मिलेर मनाउनाले हाम्रो जीवनमा धेरै नै सकारात्मक भुमिका खेल्छ । दशैंं तिहारको बेला गाउँ घरमा कति जना वर्षभरि बाहिर काम गरेर घर फर्किन्छन् । इद र क्रिसमस मान्नेहरु आफ्नो धार्मिक दिवस पनि त्यसैगरी पारिवारिक जमघट गरेर रमाइलो गर्छन् । प्रत्येक चाडले मानव मनमा खुसी ल्याउछ, सम्बन्धहरु नजिक पार्छ, वातावरण रमाइलो पार्छ । यसले गर्दा स्वास्थ्यमा पनि विशेष गरी मानसिक स्वास्थ्यमा त झन प्रभाव पर्छ ।

तर यो रमाइलोको बेलामा यदि खानपिनमा (विशेष गरी विभिन्न स्वास्थ्य समस्या भएका बयस्क वा बूढाबूढीहरुले) खान पिनमा ध्यान राखेनन् भने त दशैंं र चाडपर्व सिद्धिने बित्तिकै अनेक स्वास्थ्य समस्या भएर डाक्टर, अस्पताल, औषधी आदिको पछि लाग्नुपर्छ ।

“दशैंंमा मनाइएको आनन्द अहिले निस्किरहेछ । के गरौं, मासु देखेपछि स्वादिष्ट तरकारी खाँदा हात र मुख थाम्न सकिन्न, कसैको घरमा तास खेल्न गयो भने भुटेको मासु र चिउरा दिंदा नाइँ भन्न सकिन्न । कतिले भन्छन्, तर “एक छिन नाइँ” भन्न नसकेपछि दशैंंको बेलाको मासु र चिउरा, पुलाउ, मासु र भात धेरै खाएर रक्तचाप बढेर, मधुमेह भएकाहरुको त रगतमा चिनी बढेर समस्या परेपछि र बाथको समस्याले गाँजेपछि र खुट्टा र हातका हड्डीहरु धमाधम दुख्न थालेपछि “अति बढी नै खाइएछ कि क्या हो” भन्ने लाग्छ ।

तर खाएर शरीरको रगतमा गइसकेपछि ती वस्तुलाई चाहेर पनि निकाल्न सकिन्न । औषधीले केही दुखाई त कम गरे पनि दुखाइ सहनु नै पर्छ । फेरि कति चोटी त समस्या यती बढ्छ कि औषधीहरु पनि “कमजोर” साबित हुन्छन ।

धेरै औषधी खाँदा फेरि समस्या हुन्छन् । औषधीहरुले सधैं रोगहरु निको पार्दा हुन त, अमेरिकामा त धेरै जनाको अनेक रोगहरु निको भइसक्यो होला । तर वास्तवमा त्यस्तो हुँदैन । फेरि दुखाई कम गर्ने कतिपपय औषधीहरुको धेरै प्रयोग गर्दा त्यसले मृगौलामा नै समस्या पार्छ भनेर सिद्ध भइसकेको छ । तैपनि “बरु पछि जे होला , देखा जाएगा , अहिले त आनन्द सँग खाउँ, मरेर जाने चोला त हो नि, किन पिर गर्नु” भन्ने जस्ता तर्क दिएर कतिजनाले खाइरहन्छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ८ : २२ बजे

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा