पेरुमा नरबली दिइएका २२७ बालबालिकाको सामूहिक चिहान फेला | Khabarhub Khabarhub

पेरुमा नरबली दिइएका २२७ बालबालिकाको सामूहिक चिहान फेला


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिमा– ल्याटिन अमेरिकी मुलुक पेरुमा नरबली दिइएका २२७ जना बालबालिका गाडिएको प्राचिन सामूहिक चिहान फेला परेको छ ।

राजधानी लिमाबाट उत्तरतर्फ रहेको हुआनचाको शहरनजिक ४ देखि १४ वर्ष उमेर समूहका २२७ बालबालिकाको सामूहिक चिहान फेला परेको हो ।

कोलम्बसले अमेरिका पत्ता लगाउनुअघि हालको पेरुमा रहेको चिमू सँस्कृति मान्ने मानिसहरुले देवतालाई खुशी पार्न बालबालिकाको नरबली दिएको ‘लगभग निश्चित’ रहेको पुरातत्वविद्हरुले जनाएका छन् ।

पुरातत्वविदहरुले यो स्थानमा गत वर्षदेखि उत्खननको काम शुरु गरेका थिए । सामूहिक चिहानको यो खोजलाई हालसम्मकै सबैभन्दा ठूलो खोजको रुपमा लिइएको छ । नरबली दिइएका प्रायः सबै बालबालिकाका शरीर समुद्रतर्फ फर्किएको अवस्थामा भेटिएका तथा कतिपयको छाला र कपाल समेत भेटिएको एएफपीले जनाएको छ ।

हुआनचाकोमा प्रागऐतिहासिक कालका अनौठा चालचलनका भग्नावशेष पाइन्छन् । पुरातत्वविदहरुले पहिलो बच्चाको अवशेष पाम्पा ला क्रुज शहरमा सन् २०१८ मा भेटेका थिए । पाम्पा ला क्रुज हुआनचाकिटोबाट नजिकमा पर्दछ । हुआनचाकिटोमा पनि अप्रिल २०१८ मा बली चढाइएका १४० जना बालबालिकाको अवशेष फेला परेको थियो ।

हुआनचाकोमा चिमु सांस्कृतिक कालमा धेरै बालबालिकालाई बली चढाइएको विश्वास गरिन्छ । सन् १४७० मा इन्का साम्राज्यसँग पराजित हुनुअघिसम्म चिमू सँस्कृति ल्याटिन अमेरिकाको पेरु र इक्वेडोरको तटीय क्षेत्रसम्म फैलिएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ४ : १९ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द