पेरुमा नरबली दिइएका २२७ बालबालिकाको सामूहिक चिहान फेला | Khabarhub Khabarhub

पेरुमा नरबली दिइएका २२७ बालबालिकाको सामूहिक चिहान फेला


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिमा– ल्याटिन अमेरिकी मुलुक पेरुमा नरबली दिइएका २२७ जना बालबालिका गाडिएको प्राचिन सामूहिक चिहान फेला परेको छ ।

राजधानी लिमाबाट उत्तरतर्फ रहेको हुआनचाको शहरनजिक ४ देखि १४ वर्ष उमेर समूहका २२७ बालबालिकाको सामूहिक चिहान फेला परेको हो ।

कोलम्बसले अमेरिका पत्ता लगाउनुअघि हालको पेरुमा रहेको चिमू सँस्कृति मान्ने मानिसहरुले देवतालाई खुशी पार्न बालबालिकाको नरबली दिएको ‘लगभग निश्चित’ रहेको पुरातत्वविद्हरुले जनाएका छन् ।

पुरातत्वविदहरुले यो स्थानमा गत वर्षदेखि उत्खननको काम शुरु गरेका थिए । सामूहिक चिहानको यो खोजलाई हालसम्मकै सबैभन्दा ठूलो खोजको रुपमा लिइएको छ । नरबली दिइएका प्रायः सबै बालबालिकाका शरीर समुद्रतर्फ फर्किएको अवस्थामा भेटिएका तथा कतिपयको छाला र कपाल समेत भेटिएको एएफपीले जनाएको छ ।

हुआनचाकोमा प्रागऐतिहासिक कालका अनौठा चालचलनका भग्नावशेष पाइन्छन् । पुरातत्वविदहरुले पहिलो बच्चाको अवशेष पाम्पा ला क्रुज शहरमा सन् २०१८ मा भेटेका थिए । पाम्पा ला क्रुज हुआनचाकिटोबाट नजिकमा पर्दछ । हुआनचाकिटोमा पनि अप्रिल २०१८ मा बली चढाइएका १४० जना बालबालिकाको अवशेष फेला परेको थियो ।

हुआनचाकोमा चिमु सांस्कृतिक कालमा धेरै बालबालिकालाई बली चढाइएको विश्वास गरिन्छ । सन् १४७० मा इन्का साम्राज्यसँग पराजित हुनुअघिसम्म चिमू सँस्कृति ल्याटिन अमेरिकाको पेरु र इक्वेडोरको तटीय क्षेत्रसम्म फैलिएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ४ : १९ बजे

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति

कतारका अमिरलाई ह्युम्यान राइट्स वाचले सम्झायो आप्रवासी कामदारको अवस्था

मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको