डेंगुको महामारी– सरकार किन मुकदर्शक ? | Khabarhub Khabarhub

डेंगुको महामारी– सरकार किन मुकदर्शक ?



केही साता यता विभिन्न संचार मध्यममा डेंगु अनियन्त्रित रुपमा देशव्यापी फैलिरहेको समाचार आइरहेका छन् । प्रत्येक वर्ष मनसुनको समयमा देखा पर्ने यो रोगले यसपटक भने महामारीकै रुप लिइरहेको छ।

वैशाखदेखि भदाै महिनासम्म ४२ भन्दा बढी जिल्लाहरुमा ४ हजार ६ सय एघार जानमा डेंगु संक्रमण पाइएको छ। यति धेरै संख्यामा संक्रमण देखिनु नेपालमा डेंगु पत्ता लगे देखिकै सबैभन्दा पहिलोपटक हो ।

यो तथ्याङ्क  ठूला अस्पतालमा उपचार गराउन जाने बिरामीको संख्यामा मात्रै आधारित भएकाले संक्रमितहरुको संख्या अझै बढी हुन सक्छ ।  डेंगु भाइरस सर्ने लामखुट्टे कात्ति–मङ्सिर महिनासम्ममा नै सक्रिय रहने भएकोले डे‌ंगुको संक्रमण अझै बढ्ने खतरा छ ।

के हो डेंगु ?

डेंगु रोग एक प्रकारको किटजन्य भाइरल सरुवा रोग हो । यो डेंगु भाइरसको संक्रमणबाट लाग्ने गर्छ । डेंगु भाइरस बिशेष गरि एडिज जातको लामखुट्टेमा बस्ने गर्छ। प्राय डेंगु भाइरस भएको संक्रमित एडिज एजिप्टी र एडिज एल्बोपिक्टस भन्ने लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा यो रोग सर्ने गर्छ ।

संक्रमित मानिस वा बांदरबाट स्वस्थ मानिसमा लामखुट्टेकै टोकाइबाट मात्र यो रोग सर्ने गर्छ, तर यो मानिसबाट मानिसमा सिधै कहिले पनि सर्दैन। डेंगु भाइरसअन्तर्गत पर्ने एउटा भाइरस हो । यसको डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चारओटा फरक सेरोटाइपहरु हुन्छ । यी चारमध्ये डेन–२ नेपालमा धेरै पाउने र अलि जोखिमपूर्ण खालको हुन्छ ।

संक्रमित लामखुट्टेले टोकेको ३ देखि ८ दिन सम्ममा लक्षणहरु देखा पर्न थाल्छ । यसलाई मेडिकल भाषामा इन्कुबेसन पिरिएड भनिन्छ ।

डेंगु भाइरसबाट संक्रमित बिरामीहरुमा सामान्यतया उच्च ज्वरो आउने, टाउको दुख्ने, हाड तथा जोर्नीहरु दुख्ने, शरीरमा सानो सानो, रातो बिबिराहरु देखिने जस्ता लक्षणहरु देखा पर्छन् । यसको लक्षण पंहेलो ज्वरो र जापानिज इन्सेफलाइटिससँग मिल्दोजुल्दो हुने गर्छ ।

डेंगु रोग केही समयमा आफैँ निको हुने खालको भाइरल संक्रमित रोग हो। तर, कहिले काहिँ यो गम्भीर हुन्छ । डेंगुको कुनै पनि सेरोटाइप (डेन–१,२,३,४) ले पहिले नै संक्रमण भएर निको भएको मानिसमा फेरि पहिलेको भन्दा फरक सेरोटाइपबाट संक्रमण भयो भने गम्भीर बन्न सक्छ ।

पहिले पटक संक्रमण भएको मानिसमा संक्रमित सेरोटाइपको एन्टिबडी संक्रमित मानिसको रगतमा हुने गर्छ र अर्को पटक पहिलोकै सेरोटाइपले संक्रमण गर्दा त्यसलाई एन्टिबडीले मरिदिन्छ। तर अर्को फरक किसिमको सेरोटाइपले संक्रमण गर्दा एन्टिबडीकाे कमप्लिकेसन भएको बिरामीको मृत्यु पनि हुन सक्छ । यसको मृत्युदर ५ देखि १० प्रतिशातसम्म रहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार डेंगु सरुवा रोगको रूपमा दिन प्रति दिन बढ्दै गाइरहेको छ । विश्वको आधा जनसंख्या डेंगुको उच्च जोखिम रहेको जनाइएको छ। यसको संक्रमण ट्रोपिकल र सब–ट्रोपिकल क्षेत्रको ग्रामिण भन्दा शहरी तथा अर्ध–शहरी भएको ठाँउमा बढी देखिने गर्दछ ।

नेपालको अवस्था

नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमा घुम्न आएका जापानी नागरिकमा डेंगुको संक्रमण भएको प्रमाणित गरिएको थियो । त्यो भन्दा अगाडीदेखि नै डेंगु भएको भए पनि अरु रोगहरुसंग लक्षण मिल्दोजुल्दो भएका कारणले पहिचान गर्न भने सकिएको थिएन । त्यसको २ वर्ष नबित्दै सन २००६ मा चितवनमै डेंगुको संक्रमण आउट ब्रेक भएको थियो । त्यतिबेला तराईंका १९ जिल्लाहरुमा चारै सेरोटाइपको डेंगु भेटिएको थियो ।

यो वर्षको डेंगु नेपालको अहिले सम्मकै सबै भन्दा ठूलो संक्रमण हो । यो वर्ष पहिलोपटक बैशाखमा धरानमा संक्रमण देखिएको थियो भने हाल सम्म ४२ भन्दा बढी जिल्लाहरुमा देखा परि सकेको छ। धरानमा भेटिएको डेंगु सेरोटाइप २ (डेन –२) प्रकारको पुष्टि भएको छ । अन्य ठाँउमा भने डेन–२ हो या अरु नै हो भन्ने प्रमाणित हुन सकेको छैन ।

प्रत्येक वर्ष डेंगुको संक्रमण नेपालको तराई क्षेत्रबाट उत्पत्ति भएर विभिन्न ठाँउमा फैलिने गर्छ । बिशेष गरी नेपालको तराईं र मध्य पहाडी क्षेत्रमा यसको संक्रमण देखिने गर्छ । जसको प्रमुक कारण अव्यवस्थित शहरीकरण हो ।

तराई क्षेत्रमा वर्षयाम सुरु भएपछि जताततै पानी जम्न थाल्छ । यसरी जमेको पानीमा डेंगुको भेक्टर एडिज जातको लामखुट्टेले प्रजनन् गराउने गर्छ । अहिले तराईं लगायत अन्य ठाँउमा अव्यवस्थित सहरीकरण, कालकारखान जताततै फलिएको टायर, पानी जम्ने ड्रमर ट्यांकी, प्लास्टिकको भांडाहरु, पानी जम्ने खाल्डाखुल्डी र नालीहरुमा फोहोरको थुप्प्रो भएकै कारणले डेंगु फैलिरहेको छ । यसले लामखुट्टेको प्रजनन गराउन सहयोग पुग्छ ।

किन नियन्त्रणभन्दा बाहिर ?

कुनै पनि सरुवा रोग वा संक्रमित रोगलाई नियन्त्रण गर्नलाई संक्रमित जीवणुको प्राकृति बासस्थान र रोग सर्ने मध्यम अथवा भेक्टरको बारेमा पुर्ण ज्ञान भएको दक्ष जनशक्ति हुनु पर्छ । सरुवा अथवा संक्रमित रोगको नियन्त्रण गर्न संक्रमित जीवणुको प्राकृति बासस्थान र रोग सर्ने किटलाई नै नष्ट पर्नु पर्छ । यसको लगि आवश्यक दक्ष जनशक्ति भन्नेले मेडिकल तथा पब्लिक हेल्थ माइक्रोबायोलोजिस्ट , इपिडियोमोलोजिस्ट इन्टोमोलोगिस्ट ९किट विशेषज्ञ०,जनस्वास्थ्य बिद, भेक्टेर कन्ट्रोल इन्स्पेक्टेर आदिको सामुहिक टीम हुनु पर्छ ।

ज्ञानमात्रै भएर पनि हुदैन, त्यसको लागी आवस्यक सबै खालको स्रोत र साधन भएको अध्ययन अनुसन्धान गर्ने प्रयोगशाला पनि चाहिन्छ ।

हाल नेपालका केही अस्पताल (बिपि कोईराला स्वस्थ्य बिज्ञान प्रतिस्ठान) तथा अनुसन्धान प्रयोगशाला (राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र किटजन्य रोग नियन्त्रण केन्द्र, हेटौंडा ) बाहेक अन्त सुबिधासप्पन्न प्रयोगशाला नै छैन ।

भएका प्रयोगशालामा पनि आवश्यकताअनुसारको दक्ष जनशक्तिको व्यवस्थापन (दरबन्दी) नै छैन । डेंगु जस्तो सरुवा रोगको नियन्त्रण गर्न माइक्रोबायोलोजिस्ट (मेडिकलर पब्लिक हेल्थ भाइरोलोजिस्ट) र इन्टोमोलोजिस्टहरुको बिशेष भूमिका रहन्छ । माइक्रोबायोलोजिस्टमा संक्रमित जीवणुको (डेंगु भाइरस) बारेमा विषेश ज्ञान हुन्छ । इन्टोमोलोजिस्टहरुले डेंगु भाइरस सर्ने किट (एडिज लामखुट्टे) लाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने ज्ञान हुन्छ ।

नेपालको ग्रामिण क्षेत्रहरूमा अझै पनि डेंगु रोगको बारेमा जानकारी पर्याप्त मात्रामा छैन । यदि जानकारी रहेको रहेछ भने पनि ब्यबहारत लागु नगर्ने गरेको पाइन्छ । मानिसहरूको अस्तब्यस्त जीवन शैलीको कारण बेवास्ता गर्दा यो संक्रमण रोग एक ब्यक्तिबाट धेरै जनामा सर्दै गरेका छन् ।

नियन्त्रण कसरी गर्न सकिन्छ त ? 

डेंगुको नियन्त्रण गर्न विभिन्न उपायहरु अपनाउनु सकिन्छ ।

इन्भेस्टमेन्टल कन्ट्रोल : वातावरणको व्यवस्थापन गरी रोग सर्ने किटलाई नियन्त्रण गर्न सकिन्छ,

वातावरणको परिवर्तन : जमेको पानी भएको ठाँउमा तेलजन्य बस्तुहरु जस्तै मट्टीतेल, डिजेलहरु प्रयोग गरि रोग सर्ने लामखुट्टे (एडिज एजिप्टी)को लार्भाालाई परिवर्तन हुन नदिने,

वातावरणको सरसफाइ : पानी जम्ने प्लास्टिकको भांडाहरु साफ गर्ने, थन्क्याएर राखेकोको टायरहरुलाई पुन:प्रयोग गर्ने वा सही तरिकाले व्यवस्थापन गर्ने, घर बाहिर पानी राख्ने ड्रमहरु सफा राख्ने, घर नजिकैको बोटबिरुवाहरुको राम्रोसंग ब्यवस्थापन गर्ने, खाल्डाखुल्डीहरु पुर्ने,

जीवनशैलीमा परिवर्तन : भेक्टरको टोकाइबाट सकेसम्म टाढा रहने । जस्तै लामखुट्टे छिर्ने झ्याल, ढोकाहरुमा जाली लगाउने, दिउँसो सुत्ने बेलामा झुलको प्रयोग गर्ने, बडी स्प्रे लगाउने , पुरै शरीर ढाक्ने लुगा लगाउने,

केमिकल कन्ट्रोल

– एन्टि–लार्भाल एजेन्टहरु (रसायन पदर्थहरु)को प्रयोग गरी लामखुट्टेको लार्भालाई मार्ने,

– मानिसलाई हानी नगर्ने फग्गी स्प्रेहरु खुला आकाशमा छर्ने जस्ले उडिरहेकोको लामखुट्टेलाई मर्न सहयोग पुर्याउछ ।

– ब्याक्टेरियाको प्रयोग गरि लामखुट्टेको नियन्त्रण गर्ने,

माइक्रोस्कोपिक नीडलको सहायताबाट पोथी लामखुट्टेमा इन्जेक्ट गरेर लामखुट्टेको प्रजननलाई नै रोक्न सकिन्छ । नेपालमा यसको प्रयोग अहिलेसम्म गरेको छैन । माइक्रोअर्गनिजम ब्याक्टेरियासंग खेल्ने माइक्रोबायोलोजिस्टहरुलाई राज्याले अहिले सम्म काम गर्न वातावरणनै सिर्जना गरेको छैन ।

डेंगु नियन्त्रण कसरी गर्ने ?

हाल डेंगु नियन्त्रणको नाममा हचुवाको भरमा संक्रमित क्षेत्रमा उडिरहेका लामखुट्टे मार्न भनेर फग्गी स्प्रे छर्किने काम भइरहेको छ । तर, यसको प्रभावकारिताप्रति कसैको ध्यान जान सकेको छैन । यसको प्रयोग गर्नु अगाडि प्रभावकारिता परीक्षण गर्नु अत्यावश्क हुन्छ ।  कति मात्रमा (डोज) छर्कियो भने रोग सर्ने लामखुट्टेलाई मार्न सकिन्छ ? त्यसले काम गर्छ कि गर्दैन ? सबै हेरर मात्रै संक्रमित क्षेत्रमा यसको प्रयोग गर्नु पर्छ ।

अर्को कुरा राज्यसँग अहिले सरुवा रोग अथवा संक्रमित रोगहरुको अध्ययन अनुसन्धान गर्न आवश्यक जनशक्ति नै छैन । विशेष गरी यस्तो रोगको बारेमा विज्ञता हासिल गरेको माइक्रोबायोलोजिस्ट र इन्टोमोलोजिस्ट एकदमै न्युन रहेकोले यस्ता जनशक्तिको व्यवस्थापन गर्नु पर्छ ।

अहिले डेंगु भाइरस जस्तो संक्रमित रोगको बारेमा अध्ययन गरिरहेका मेडिकल र पब्लिक हेल्थ माइक्रोबायोलोजिका विद्यार्थीहरु काम गर्ने वातावरण बनाई दिन माग राख्दै आन्दोलन गरिरहेका छन् ।

अब सरकारले छिटोभन्दा छिटो किटजन्य सरुवा रोग नियन्त्रण गर्न देशको विभिन्न स्थानहरुमा सुबिधा सम्पन्न प्रयोगशाला सहितको किटजन्य सरुवा रोग नियन्त्रण केन्द्रहरु स्थापना गरी आवश्यक जनशक्तिको व्यवस्थापन गर्नु पर्छ।  त्यस्तै संघीय सरकारको मातहतमा विशेषखालको दक्ष जनशक्तिसहित आपतकालीन  संक्रमण नियन्त्रण युनिटको व्यवस्था गरी आवश्यक रेपिड रेस्पोन्स टीम तयारी अवस्थामा राख्नु पर्दछ ।

प्रत्येक वर्ष देखा पर्ने संक्रमण वा सरुवा रोगको नियन्त्रणमा राज्यको खासै ध्यान पुगेको देखिँदैन । राज्यको नियन्त्रण गर्ने निकायहरुले आवश्यक समन्वयकारी भूमिका खेल्दै जनस्वास्थ्यप्रति गम्भीर हुनु जरुरी छ । आगामी दिनहरुमा यस्तो समस्य आउन नदिन सम्बन्धित सरोकारवाला निकायहर संग छलफल र बहस गरि दीर्घकालीन रणनीतिहरु बनाउनु पर्छ ।


लेखक स्याङ्तान त्रिभुवन विश्वविद्यालको विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा सुक्ष्म जीव विज्ञानमा स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : ३६ बजे

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी– कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते