राष्ट्रिय गौरवका आयोजनाकाे सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई दिन प्रस्ताव | Khabarhub Khabarhub

राष्ट्रिय गौरवका आयोजनाकाे सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई दिन प्रस्ताव


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसदहरुले राष्ट्रिय गौरवका आयोजना सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।

सिंहदरवारमा बसेको संसदको राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुले सो प्रस्ताव राखेका हुन् । समितिका सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजना सुरक्षा सशस्त्र प्रहरीलाई दिनुपर्ने बताए ।

उनले नेपाल प्रहरीको संख्या कम रहेकाले यो विकल्पमा जान सकिने सुझाव दिए । सुरक्षाका अवस्था मूल्यांकन गरेर प्रहरी परिचालन गर्नुपर्ने उनको तर्क थियो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफल जारी छ ।

समितिका अर्का सदस्य दिलेन्द्रप्रसाद बडुले आवश्यताको आधारमा सुरक्षा निकायको परिचालन गर्नुपर्ने बताए । बैठकमा समितिका सदस्यहरुले नेपाल प्रहरीको परिचालन अपराध अनुसन्धानमा केन्द्रीत हुनुपर्ने धारणा पनि राखेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ६ : ५५ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको