बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता श्रेष्ठले गरे आत्महत्या | Khabarhub Khabarhub

बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता श्रेष्ठले गरे आत्महत्या


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्।

माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हामफालेर उनले आइतबार आत्महत्या गरेका हुन्। अवकाश प्राप्त नायब सुब्बा उनी पर्वत कांग्रेसका नेता समेत हुन्। महानगरीय प्रहरी वृत्त बालाजुले उनको आत्महत्या पुष्टि गरेको हो ।

घटना लगत्तै प्रहरीले श्रेष्ठलाई तत्काल उपचारका लागि पिपुल्स अस्पताल लगेको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । सपिङ मलमा किनमेलका लागिभन्दा पनि उनी आत्महत्याका लागि सातौं तलामा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनी ललितानिवास परिसरको सरकारी जग्गा सत्ता, शक्ति र पदको दुरुपयोग गरी निजी बनाउने कार्यमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानिबन दायरामा थिए । मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको थियो।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ६ : २७ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित