सामाजिक सुरक्षाका सम्बन्धमा सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

सामाजिक सुरक्षाका सम्बन्धमा सरकारको ध्यानाकर्षण


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभा सदस्यहरु प्रकाश पन्थ, जितेन्द्र नारायण देव, बद्री प्रसाद पाण्डे र अनिता देवकोटाले संयुक्त रुपमा अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा सम्बन्धी ध्यानाकर्षण प्रस्ताव दर्ता गराउदै अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रस्तावकको तर्फबाट आइतबारको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षाको सम्बन्धमा कानुनमा व्यवस्था भए बमोजिम तथा सर्वोच्चले गरेको आदेश बमोजिम सरकारले आवश्यक व्यवस्था नगरेकाले सरकारको ध्यानाकर्षण गराईएको बताए ।

अपाङ्गता भएकाहरुको सामाजिक सुरक्षाको सम्बन्धमा स्पष्ट किटान गरी सर्वोच्च अदालतले २०६९ सालमा सरकारको नाममा परमादेश जारी गरेको भएपनि सो कार्यान्वनय नभएको उनले दाबी गरे ।

सर्वोच्चले २०६९ सालमा पहिचान र गणना भइसकेकाल अपाङ्गताभएका हरुलाई अपाङ्गताको अवस्था हेरी उनीहरुको वेरोजगार र आयको श्रोत हेरेर न्यूनतमत ५ सय देखि ३ हजार रुपैयाँसम्म निर्वाह भत्ता दिन परमादेश जारी गरेको थियो ।

परमादेशमा पहिचान र गणना भएका पुर्ण अपांगता भएकालाई हेरचाह गर्ने व्यक्तिलाई आवश्यक व्यवस्था गरी हेरालोलाई मासिक ३ देखि ५ हजार रुपैयाँ दिन भनिएको थियो । परमादेशमा आदेश प्राप्त भएको मिति देखि लागू गर्न र ३ महिना भित्र सबै प्रबन्ध मिलाउन भनिएको थियो ।

अहिलेसम्म पनि आदेश कार्यान्वयनका लागि व्यवस्था नभएपछि आफुहरुले त्यस बारे सरकारलाई ध्यानाकर्षण गराउनु आवश्यक ठानेको राष्ट्रियसभा सदस्य पन्थले बताए । अपाङ्गता अधिकार ऐन संग सम्बन्धीत भएर बनाएका कानुनी दस्तावेजमा सबैलाई सेवा सुविधा दिएको भनी फाईल बनाउने काम गरिएको भएपनि धेरै संख्यामा अहिले पनि अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसकेको दाबी उनले गरे ।

ध्यानाकर्षण प्रस्तावमाथि जवाफ दिँदै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले अपाङ्गता भएका व्यक्तिहरुको सम्बन्धमा सरकार गम्भीर र संवेदनशील रहेको बताइन्।

अपाङ्गता सम्बन्धी ऐन अनुसार नियमावली, निर्देशिका बनाउने काम भइरहेकाले पुर्णता पाउने वित्तिकै ठोस कार्यक्रम बनाई कार्यान्वयनलाई प्रभावकारी बनाइने स्पष्ट पारिन् । उनले अहिले पनि सरकारले अपाङ्गताभएका हरुलाई क र ख वर्गमा विभाजन गरेर क बर्गका लाई २ हजार र ख वर्गका लागि ६ सय रुपैयाँ दिने गरेको बताइन्।

उनले अपाङ्गता भएका व्यक्तिका लागि दिइने परिचयपत्र वितरणको कार्यलाई स्थानीय सरकारबाट नै संञ्चालन गर्ने गरी व्यवस्था गर्नुपर्ने भएकाले केन्द्रीय सरकारले सोही अनुसारको तयारी गरेको बताइन् ।

सर्वोच्च अदालतले २०६९ श्रावण ३० गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, तात्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र अर्थ मन्त्रालयको नाममा जारी गरेको परमादेश तथा निर्देशनात्मक आदेशको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउन सदस्यहरुले राष्ट्रियसभाको नियमावलीको नियम ६७ बमोजिम राष्ट्रियसभा सदस्यहरु प्रकाश पन्थ, जितेन्द्र नारायण देव, बद्री प्रसाद पाण्डे र अनिता देवकोटाबाट संयुक्त रुपमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका हुन् ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बाढी प्रभावित जिल्लाको स्थलगत भ्रमण प्रतिवेदनबारे सदनलाई जानकारी गराए । त्यसैगरी बैठकमा दिगो विकास तथा सुशासन समितिका प्रतिवेदनहरु पनि पेश भएको छ । राष्ट्रियसभाको अर्को बैठक आगामी १६ गते विहीबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ५ : १९ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द