महिलामा भन्दा पुरुषमा कपाल झर्ने समस्या बढी हुन्छ किन ? | Khabarhub Khabarhub

महिलामा भन्दा पुरुषमा कपाल झर्ने समस्या बढी हुन्छ किन ?


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाक्लो र लामो कपाल महिलाको सौन्दर्यको प्रतिक मानिन्छ । महिलाका लागि मात्रै होइन पुरुषको आकर्षक व्यक्तित्वका लागि पनि कपालले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ।

अहिले धेरै महिला तथा पुरुषको साझा समस्याको रुपमा कपाल झर्ने समस्या देखिएको छ । तपाई‌ं पनि कपाल झर्ने समस्याका कारण तनावमा हुनुहन्छ ?

किन झर्छ कपाल ?

यदि तपाईंको कपाल दिनमा एक सय ओटा जति झर्छ भने त्यसलाई सामान्य सोच्नुपर्छ । यसरी झरेको कपाल जराबाट पुन पलाउछ । तर कसैको कपाल धेरै झर्ने तर थोरै मात्र पलाउने गर्छ ।

यो प्रक्रिया महिलामा भन्दा पुरुषमा बढी देखिन्छ । प्राकृतिक रुपमा पुरुषमा यो समस्या २० बर्षमा शुरु हुन्छ भने महिलामा ३० बर्षमा शुरु हुन्छ । कपालको संख्या लगभग ५ सय ५ ओटा जति कम नहुदासम्म हामीलाई खासै चिन्ता महसुस हुदैँन ।

कपाल झरेको ठाउबाट पुन नपलाउनुको कारण कपालको जरा नष्ट हुदा वा कपालको जरा नष्ट नहुनु हो ।
कपालको जरा नष्ट हुने समस्या कम व्यक्तिलाई नै हुन्छ यदि कपालको जरा नष्ट भएको भए यसको उपचार सम्भव हुँदैन । तर कपाल झर्ने समस्या भएका ८० देखि ९० प्रतिशत व्यक्तिहरुमा भने कपालको जरा नष्ट भएको हुदैन । यसको उपचार सम्भव छ ।

जरा नष्ट नभएपनि कपाल झर्ने समस्या धेरै व्यक्तिमा हुने गर्छ । यो समस्या हर्मोन र वंशाणुगत कारणले हुन्छ । पुरुष तथा महिलाको टाउकोमा हुने एन्ड्रोजन रिसेप्टरमा हर्मोनको बढी असर पर्दा कपाल झर्छ ।

धेरै व्यक्तिको टाउकोमा सिक्का जस्तो गोलो आकारमा ठाउँ ठाउँमा कपाल खुइलिने समस्या हुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुदा यो समस्या निम्तिन्छ । शरीरमा हर्मोन, औषधिको प्रयोग, शरीरमा रगतको कमी, तनाव, आइरनको कमी तथा पौष्टिक तत्वको कमिले गर्दा कपाल झर्छ ।

कसरी हुन्छ उपचार ?

कपाल झर्ने प्रक्रिया प्राकृतिक समस्या हो । त्यसैले यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिदैन । तर औषधिको प्रयोगले कपाल झर्न केही हदसम्म कम गर्न सकिन्छ र जिउँदो रहेको तर उम्रन छाडेको कपाललाई फेरी सक्रिय बनाउन सकिन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  २ : ३५ बजे

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा

परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासङ्घकी अध्यक्ष कासाडोबीच भेट

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन