ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा | Khabarhub Khabarhub

ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमान प्रवेश गरेको छ । घरेलु मैदानमा जारी कोपामा ब्राजिलले शुक्रबार बिहान पाराग्वेलाई परजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो ।

खेलको निर्धारित समयसम्म ब्राजिल र पाराग्वेले गोलरहित बराबरी खेले पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा ब्राजिलले पाराग्वेलाई ४–३ गोल अन्तरले पराजित गर्यो ।

ब्राजिलका गाब्रीयल जेसस, फिलिपो कौटिन्हो, मार्कक्वीन्होस र विलियमले प्रहार गरेको पेनाल्टी गोल भएको थियो भने रोवोर्टो फिमिन्होको गोल पाराग्वेका गोल किपरले रोकेका थिए ।

यता, पाराग्वेका लागि जाउन रोड्रिगो रोगस, ब्रुनो भेल्दाज, मिगुइल अलमिरोनले गोल गरे पनि गोस्टुभो गोमेज र डेर्लिज गोन्जालेजको गोल ब्राजिलका गोलकिपरले बचाउ गर्दै टोलीलाई जित दिलाएका थिए ।

उपाधि दाबेदार टोलीका रुपमा हेरिएको ब्राजिलविरुद्ध पाराग्वेले उत्कउष्ट खेल्दा पनि पेनाल्टी सुटआउटमा पवराजित भएपछि कोपाबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ९ : १५ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन