ज्योतिष शास्त्रअनुसार कुन बार जन्मिने मानिस कति भाग्यमानी ? | Khabarhub Khabarhub

ज्योतिष शास्त्रअनुसार कुन बार जन्मिने मानिस कति भाग्यमानी ?


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रमा मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, वर्तमान र भविष्यका बारेमा फलादेश गरिन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ भन्ने भविष्यवाणी गरिन्छ ।

मानिसको जन्म समय मात्र होइन कुन बार जन्मिएको हो त्यो बारको ग्रहको प्रभाव पनि मानिसमा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्म बारबाट थाहा पाउन सकिन्छ । आइतबारको दिन सूर्यको हो भने सोमबारको मुख्य ग्रह चन्द्र हो । मंगलबार मंगलको प्रभाव हुन्छ । त्यसैगरी बुधबार बुधको  प्रभाव । विहीबार वृहस्पति र शुक्रबार शुक्रको प्रभाव र शनिबारको कारक ग्रह शनि रहने ज्योतिष शास्त्रले बताउँछ ।

बारअनुसकार मानिसको भाग्य कस्तो हुन्छ ?

आइतबारः आइतबार जन्मिने पुरुष भाग्यशाली हुन्छन् भने स्त्री दानी, बलशाली एवं चतुर हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिबारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।

सोमबारः सोमबार जन्मिने पुरुषको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ । सोमबार जन्मिने स्त्री पनि रुपवती हुन्छिन् । यस्ता महिलामा मिठो बोली र पुत्रवति र बोलीको प्रभाव बढी रहने हुन्छ ।
सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।

मंगलबारः मंगलबार जन्म हुने पुरुष सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । मंगलबार जन्मिने स्त्री पनि कठोर स्वभावकी हुने गर्छन् । उनीहरुमा रिस बढी हुने गर्छ । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ ।

बुधबारः बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा बढी विश्वास राख्ने स्वभावका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ । स्त्रीहरु भने विशेषज्ञता हासिल गर्ने हुन्छन् । उनीहरु सुन्दर र शुसील पनि उत्तिकै हुन्छन् ।

विहीबारः विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुशी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

शुक्रबारः शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्धिमानी र मृदुभाषी हुन्छन् । मिलनसार स्वभावका हुन्छन्, सहनशील पनि उत्तिकै हुन्छन् । २० र २४ वर्षको उमेरमा उनीहरुको स्वास्थ्यमा समस्या देखिने हुन्छ । स्त्री शुक्रबार जन्मेकी छे भने उसको स्वभाव चञ्चल हुन्छ ।

शनिबारः जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यापार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबाट सुख प्राप्ति हुँदैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ७ : ३० बजे

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष