चाणक्य नीति अनुसार नयाँ काम थाल्नुपूर्व यी कुरामा ध्यान दिनुहोस् सफलता मिल्छ | Khabarhub Khabarhub

चाणक्य नीति अनुसार नयाँ काम थाल्नुपूर्व यी कुरामा ध्यान दिनुहोस् सफलता मिल्छ


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै पनि नयाँ काम शुरु गर्नुअघि मानिसहरु प्रायः दुविधामा हुन्छन् । यस कामले सफलता देला कि नदेला भन्ने मनमा चिन्ता हुन्छ । चाणक्य नीतिलाई अनुसरण गर्दा चाहिँ कुनै दुविधा रहँदैन । यस्तो भनिएको छ चाणक्य नीतिमा-

१ तीन सोच–कुनै पनि काम शुरु गर्नुअघि मनमा यी कुरा खेलाउनुपर्छ– काम शुरु गर्ने समय र स्थान, तपाईंको सम्पत्ति र समर्थन गर्ने मानिसहरू ।

२ क्षमताको लेखाजोखा– काम गर्ने आफ्नो क्षमता छ कि छैन, त्यसको लेखाजोखा गर्नुहोला । गर्नुभएन भने तपाईं अवश्य खतरामा पर्नुहुन्छ ।

३ जिभ्रोमा नियन्त्रण– सफलता र असफलता जिभ्रो नियन्त्रणमा छ कि छैन भन्ने कुराले निर्धारण गर्छ । जति मीठो बोल्नुहुन्छ, तपाईंलाई त्यति धेरै फाइदा हुन्छ ।

४ दुश्मनलाई साथी बनाउने– मानिससँग राम्रो व्यवहार गर्नुभयो भने दुश्मन पनि साथी बन्छन् । यसो गर्नुभयो भने तपाईंलाई सफल हुनबाट कसैले रोक्न सकदैन ।

५ शरीरको हेरचा– भगवानले दिएको उपहार हो शरीर । त्यसैले कुनै नयाँ काम शुरु गर्नुअघि आफू स्वस्थ छु कि छैन । सचेत हुनोस् ।

६ ज्योतिषीसँग परामर्श–काम शुरु गर्नुअघि विद्वान् ज्योतिषीसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

७ पत्नीसँग सल्लाह–विवाह गरेका पुरुषले नयाँ काम शुरु गर्दा श्रीमतीसँग सल्लाह लिनु उपयुक्त हुन्छ । आखिर उनी जीवनसंगिनी हुन् । उनले उचित सल्लाह नै दिन्छिन् ।

८ रहस्य लुकाउनुस्–काम शुरु गर्नुअघि आफ्ना विचार कसैसँग पनि नबाँड्नुहोला । यसरी प्लान अरूलाई सुनाउँदा तपाईं कहिल्यै सफल हुनुहुन्न ।

९ अशिष्ट पनि बन्नुपर्छ–जिन्दगीमा सफल हुनका लागि तपाईंले कडा निर्णय पनि लिनुपर्ने हुन्छ । यसका लागि अशिष्ट व्यवहार गर्नुप–यो भने पनि पछि नपर्नुस्।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : १२ बजे

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ