महिनावारी नियमित प्रक्रिया हो, विभेद नगरौंः मन्त्री मगर | Khabarhub Khabarhub

महिनावारी नियमित प्रक्रिया हो, विभेद नगरौंः मन्त्री मगर


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले समतामूलक समाज निर्माणका लागि महिलामाथि हुने सबै किसिमका विभेद र हिंसाको अन्त्य हुनुपर्ने बताएकी छन् । छैटौं अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा मन्त्री मगरले जातीय विभेद अन्त्य गरिनुपर्ने धारणा राखेकी हुन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले महिनावारी भएको समयमा महिलामाथि गरिने विभेदको अन्त्य गरिनुपर्ने धारणा राख्दै भनिन्,‘महिनावारी प्राकृतिक र नियमित प्रक्रिया हो, कसैलाई विभेद नगरौं ।’  महिनावारीको विभेद हटाउन भए गरिएका कार्यक्रम लक्षित समुदायसम्म पुगे पुगेनन् त्यस विषयमा अनुगमन र अध्ययन गर्नुपर्ने उनले बताइन् ।

महिनावारी भएकी महिला र जातीय आधारमा गरिँदै आएको छुवाछुतको अन्त्य नभएसम्म महिलाले सम्मानि जीवन जीउने वातावरण श्रृजना हुन नसक्ने मन्त्री मगरको भनाइ थियो । छैटौं अन्तर्राष्ट्रिय महिनावारी दिवसको यस बर्षको नारा ‘मर्यादित महिनावारीः अब त काम थालौ’ राखिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ७ : ४४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६