कमेडियन राजुलाई १० लाख नदिए महिलासँगको भिडियो भाइरल गरिदिने धम्की | Khabarhub Khabarhub

कमेडियन राजुलाई १० लाख नदिए महिलासँगको भिडियो भाइरल गरिदिने धम्की


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – भारतका कमेडियन राजु श्रीवास्तव एक समस्यामा फसेका छन् । उनको उजुरीका आधारमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकको नाम राहुल सिंह भनिएको छ । ती युवकले आफूलाई एक पार्टीको राष्ट्रिय सचिव बताउँदै आएका थिए ।

राजुले प्रहरीकहाँ उजुरी गर्दै तीन महिनादेखि एक युवकले बारम्बार तनाव दिएको बताएका छन् । उनका अनुसार आरोपीले राजुसँग ब्ल्याकमेलिङ गर्दै १० लाख रुपैयाँ मागेको छ । यदि समयमा पैसा नदिए ती युवकले महिलासँगको भिडियो लिक गरिदिने धम्की दिएको उजुरीमा छ ।

उक्त भिडियो अहिलेको भने होइन, सन् २०१३ को हो । राजुले उजुरी गरेपछि प्रहरीले तत्काल एक्सन लिएको थियो । ती युवक अहिले पक्राउ परिसकेका छन् भने थप अनुसन्धान भइरहेको छ ।

केही फिल्ममा समेत काम गरेका राजु श्रीवास्तव टिभी शोमा पनि देखिने गर्छन् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ५ : ३५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ