काठमाडौंमा कोठा खोजिदिने भन्दै ठगी गर्ने पक्राउ | Khabarhub Khabarhub

काठमाडौंमा कोठा खोजिदिने भन्दै ठगी गर्ने पक्राउ


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कठामाडौंमा कोठा खोजिदिने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाएर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

सामाजिक सञ्चाल फेसबूकमा ‘रूम एण्ड फ्ल्याट अन रेन्ट इन काठमाडौं’ नामक पेज बनाएर विभिन्न व्यक्तिबाट काठमाडौंमा कोठा खोजिदिने भनेर पैसा उठाउने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भोजपुर घर भइ हाल जुम्लाको चन्दननाथ बस्ने २६ वर्षीय रामचन्द्र भट्टराई छन् ।

फेसबूक पेजमा विभिन्न प्रकारका खाली भएका कोठाको तस्वीर राखेर उनले कोठा खोजिदिन आग्रह गर्ने व्यक्तिसँग पैसा उठाउँदै आएका थिए ।

ठगिएका व्यक्तिको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनले अनलाइन पेमेन्ट गेटवे (इसेवा, आइएमई पे’ लगायतबाट विभिन्न व्यक्तिसँग कोठा खोजिदिने भन्दै पैसा उठाउने गर्दथे । यसरी उनले २ सय ५० भन्दा बढीलाई ठगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ५ : १० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय