नेपालमा बिमाको एक्चुरी उत्पादन दशकदेखि भारतको भर | Khabarhub Khabarhub

नेपालमा बिमाको एक्चुरी उत्पादन दशकदेखि भारतको भर


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बिमा सम्बन्धीको एक्चुरियल साइन्सको पढाइ नहुँदा बिमा कम्पनीको एक्चुरी उत्पादनमा भारतीय एक्चुरियलको भर पर्नु पर्ने बाध्यता छ । जसका कारण नेपालका बिमा कम्पनीको एक्चुरी उत्पादनसम्बन्धी काम दशक अघिदेखि भारतका एक्चुरियलहरुले गर्दै आएका छन् । बिमा कम्पनीका लागि आवश्यक एक्चुरी स्वदेशमा उत्पादन नहुँदा भारतका एक्चुरियलहरुमा निर्भर हुनु परिरहेको हो । ‘एक्चुरियल साइन्स’ सम्भाव्यता र गणितसँग सम्बन्धित विषय हो ।

बिमा क्षेत्रमा ग्राहकलाई लक्षित गरी वार्षिक रुपमा नयाँ कार्यक्रम र उत्पादन बजारमा ल्याउन अनिवार्य रुपमा एक्चुरीको आवश्यकता पर्ने बिमा कम्पनीहरु बताउँछन् । एक्चुरी उत्पादन नेपालमा नहुँदा भारतमा निर्भर भएर काम गर्नु परिरहेको उनीहरुको भनाइ छ ।

बिमा कम्पनीले वार्षिक रुपमा आफ्नो बिमा क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर ल्याएका मुख्य योजनाहरु बजारमा ल्याउनुअघि एक्चुरी गर्नुपर्छ । एक्चुरी गरेपछि मात्र बजारमा उत्पादन बेच्न पाउने बिमा क्षेत्रमा व्यवस्था छ । बिमा कम्पनीले वार्षिक रुपमा बनाएका योजना एक्चुरी भने भारतका एक्कचुरियलले दशकदेखि गर्दै आएका छन् । नेपालमा पहिलो पटक २०४९ सालमा राष्ट्रिय बिमा समिति स्थापना गरेर बिमामा कम्पनीहरुको नियमन गदै आएको छ ।

हाल भारतका विभिन्न अडिट कम्पनीमा काम गर्ने एक्चुरीयलले नेपालभित्र सञ्चालनमा रहेका ४१ वटा बिमा कम्पनीको एक्चुरी गर्दै आएका छन् । कर्मचारी सञ्चय कोषको पनि एक्कचुरीको काम भारतकै अडिट कम्पनीका एक्चुरीयल गर्दै आएका छन् । एक्चुरीको कामका लागि नेपालबाट बिमा कम्पनीले बनाएर पठाएको पोलेसीलाई अध्ययन गरेर नयाँ उत्पादन गरि नेपाल पठाउने काम गरिन्छ । राष्ट्रिय बिमा समितिले समेत एक्कचुरी गर्ने काम भारतीय एक्चुरीयलसँग गराउदै आएको छ ।

नेपालमा बिमा कम्पनीका एक्चुुरियल (एक्चुरियल साइसन्स) मुल्यांकन गर्ने संस्था र व्यक्ति नुहँदा दशकदेखि भारतीय एक्चुरीका भरमा काम हुँदै आएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले बताए ।

नेपालमा एक्कचुरियल साइसन्ससम्बन्धी अध्ययन गरेका नेपाली भएपनि उनीहरु जागिरका लागि विदेश पलायन हुँदा त्यस्तो जनशक्तिको अभाव भएको श्रेष्ठ बताउँछन् । ‘एक्चुरीका नाममा वार्षिक २ करोड रुपैयाँ भारत जान्छ ।’ उनले भने ‘नेपालमा विषयगत दक्ष जनशक्ति नहुँदा भारतीय एक्चुरीको भरमा काम भइरहेको छ ।’ समयमा भारतीय एक्चुरीले काम नगर्दा कतिपय अत्यावश्वक योजना ओझलमा पर्ने गरेको उनको भनाइ छ ।

नेपालका बिमा कम्पनीको एक्चुरी भारतीय एक्चुरीयलबाट गराउँदै आएको राष्ट्रिय बिमा समितिका सह–निर्देशक राजरमन पौडेलले बताए । नेपालमा एक्चुरी गर्ने जनशक्ति नभएका कारण भारतका विभिन्न कम्पनीमा काम गर्ने एक्चुरीयलबाट काम गराउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो । नेपालका विश्वविद्यालयमा एक्चुरीयल साइसन्स पढाइ नहुँदा यो सम्बन्धी काम गर्ने व्यक्तिको अभाव भएको निर्देशक पौडलेको बुझाइ छ । पछिल्लो समय विदेशमा एक्चुरीयल साइसन्स पढेका नेपालीलाई एक्चुरीका लागि बोलाउने र काम लगाउने योजना रहेको उनको भनाइ छ ।

नेपालमा एक्कचुरी गर्ने कर्मचारीको अभाव हुँदा कतिपय बिमा कम्पनीले बनाएका राम्रा पोलेसीसमेत चोरी भएर अन्य कम्पनीमा पुग्ने गरेको बिमा कम्पनी सञ्चालकको अनुभव छ । नेपालमा बिमासम्बन्धी धेरै राम्रा योजना निर्माण गरि बजारमा बेच्ने क्षमता भएका व्यक्ति रहेको उनीहरुको भनाइ छ । तर, बिमा समितिले भारतकै एक्कचुरीबाट निर्माण भएका सामाग्री उत्पादित गर्ने योजना बनाएका कारण त्यस्ता व्यक्ति ओझेलमा पर्ने गरेको उनीहरुको गुनासो छ ।

हाल सञ्चालनमा रहेका बिमा कम्पनीले वार्षिक एक्चुरी गराउन प्रतिकम्पनी १५ देखि २० लाख खर्च गर्दै आएका छन् । यो खर्चभन्दा बाहेकको लागत हो । यसकै आधारमा हेर्न हो भनेर एक्चुरीका नाममा वार्षिक ८ करोड पैशा भारत पुग्ने गरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  १ : ३४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका