रोनाल्डोको पदचाप सम्हालेका जोआओ बन्लान् विश्वचर्चित ? | Khabarhub Khabarhub

रोनाल्डोको पदचाप सम्हालेका जोआओ बन्लान् विश्वचर्चित ?


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले विश्व फुटबलमा एक महान हस्ती पोर्चुगाली कप्तान क्रिष्टियानो रोनाल्डोको जति चर्चा भइरहेको छ । त्यसको संकेत उनले उमेरसमूहमै देखाएका थिए । जहाँ उनले उमेर समूहका खेलहरुमै आफुलाई उत्कृष्ट फरवार्डका रुपमा परिचित गराउँदै क्लबहरुमा आवद्ध भएका थिए ।

त्यस्तै, अहिले पोर्चुगलका अर्का एक युवा फरवार्डको चर्चा भइरहेको छ, उनी हुन जोआओ फेलिक्स । १९ वर्षे युवा खेलाडीले पछिल्ला खेलहरुमा देखाएको आक्रामक शैलीका कारण यतिबेला उनी चर्चामा छन् । युरोपमा कम उमेरमा धेरै मूल्यमा क्लबमा आवद्ध भएका उनले १सय२० मिलियन युरो पाएका छन् ।

उनले आफ्नो सिनियर डेब्युका लागि पोर्चुगलको डिभिजन क्लब बेनिफिकालाई लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । टोलीलाई उपाधि दिलाएका उनले १५ गोल गरे भने ९ गोलका अवसर सिर्जना गरे ।

उनले युरोपा लिगमा फर्याङ्कफर्टविरुद्ध ह्याट्रिक पुरा गरे । ह्याट्रिक गरेका उनी युरोपा लिगमा ह्याट्रिक गर्ने पहिलो कम उमेरका खेलाडी बने भने बेनफिकाका लागि युरोपा लिगमा ह्याट्रिक पुरा गर्ने खेलाडी बन्दा पोर्चुगलका पनि युरोपा लिगमा कम उमेरमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

पोर्चुगलका उदयमान खेलाडीलाई युइएफए नेसन्स लिगको फाइनल खेलमा राष्ट्रिय टोलीमा अटाएका थिए । राष्ट्रिय टोलीमा रहँदा उनले केही हप्ता स्टार खेलाडी तथा कप्तान रोनाल्डोसँग ड्रेसिङ रुम सेयर गर्ने अवसर पाएका थिए ।

अप्रत्याशित रुपमा उनी प्रिमियर लिग क्लब सर्ने चर्चा पनि भइहरको छ । जहाँ उनका लागि लण्डन क्लब म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडले इच्चा देखाएको जनाइएको छ । ‘बेर्नाडो सिल्भा यतिबेलाका लागि विश्वका प्रभावशाली खेलाडी मध्येका एक हुन्,’ स्वान्सी क्बलका पूर्व प्रशिक्षक कार्लोस कार्भालहालले बीबीसीसँग भने,‘तर, १९ वर्षमा उनले यस्तो क्षमता देखाउन सकेका थिएनन् । जसरी फेलिक्सले १९ वर्षकै उमेरमा आफ्नो क्षमता देखाइसकेका छन् । त्यसैले, अनुमान लगाउन सकिन्छ हामी कस्तो खेलाडीको विषयमा कुरा गरिरहेका छौं ।’


‘क्लबले १ सय मिलियन युरो दिए क्लबमै बस्छु’

फेलिक्सले आफ्नो खेल करियर पोर्टोको युवा टोलीबाट गरेका हुन् । तर, उनलाई पोर्टोले सन् २०१५ मा रिलिज गरेको थियो । तत्काल उनी पोर्टोको राइभल क्लबमा आवद्ध भए । उनले आफ्नो खेल बेनफिकामा आएपछि निखार्दै लिए । १६ वर्षको हुँदा उनी बेनफिकाको वैकल्पिक खेलाडीका रुपमा टोलीमा अटाए । जसमा उनी कम उमेरका खेलाडी बन्दै सेप्टेम्बर २०१६ मा टोलीबाट डेब्यु गरे ।

तर, २०१८–०१९ को सिजनमा उनको करियरले ब्रेक थ्रु गर्यो । जहाँ उनलाई क्लबले १सय२० मिलियन युरोमा सन् २०२३ सम्मका लागि सम्झौता गरे ।

‘बेनफिकाको टिममा उनी पनि क्षमतावान खेलाडी भएको उनको एकेडेमिलाई जानकारी छ,’ कार्भालहालले भने,‘ यता उता सरुवा हुन सहज छैन् । त, उनका लागि त्यति अफ्ठ्यारो पनि छैन् । उनलाई पिच बाहिर भेट्दा पनि हुन्छ । उनी सँग कुरा गर । उनलाई मिडियामा कुरा गरेको हेर्नुस् । तपाई एक खुसी केटो देख्नु हुन्छ । दबाबलाई पनि सहजै जित्न सक्ने खालले डिल गर्छन् ।’

बेनफिकाका प्रमुख कार्यकरी निर्देशक डोमिङ्गो सोयरेस डे ओलिभेइरेले क्लब उनीसँग सम्झौता गर्न भेट्ने तयारीमा रहेको बताएका छन् । ‘यदि कुनै क्लबले १सय२० मिलियन युरो दिन्छ भने पनि हामी उनलाई बेच्न चाहँदैनौं । सय मिलियन युरो धेरै पैसा हो । तर, पनि हामीलाई पैसा भन्दा पनि खेलाडी आवश्यक छन् । हामी कहिलै उनलाई बेच्न चहाँदैनौं,’ उनले भने,‘ रोनाल्डो पछि हामीले अहिलेसम्म फेलिक्सजस्तो उत्साहित खेलाडी हामीले देखेका छौनौं ।’

यतिबेला उनको चर्चा रोनाल्डोसँगै म्यान्चेस्टर सिटीका सिल्भासँग तुलना गर्न थालिएको छ । यस्तै, उनलाई एसी मिलान र ब्राजिलका फरवार्ड काकासँग पनि तुलना गरिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  १२ : ४२ बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका