कतारमा रहेका नेपालीलाई सामाजिक मर्यादाविपरीतका काम नगर्न दूतावासको अपिल | Khabarhub Khabarhub

कतारमा रहेका नेपालीलाई सामाजिक मर्यादाविपरीतका काम नगर्न दूतावासको अपिल


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारमा रोजगारी तथा अन्य पेशामा रहेका नेपालीलाई कतारस्थित नेपाली दूतावासले स्थानीय कानून उल्लंघन हुने गरी सार्वजनिक ठाउँमा सामाजिक मर्यादाविपरित कुनै काम नगर्न अपिल गरेको छ । दूतावासले विज्ञप्ति जारी गदै सार्वजनिक स्थलमा रक्सी खाने, रक्सी बेच्ने, हो-हल्ला तथा झगडा गर्नेजस्ता कार्यमा संलग्न नहुन नेपालीलाई आग्रह गरेको हो ।

दूतावासले विज्ञप्ति जारी गरेर कतारको कानून, धर्म, परम्परा र संस्कृति विपरीत कुनै काम नगर्न आग्रह गरेको छ । सार्वजनिक स्थानमा अनावश्यक जमघट गर्ने, झगडा गर्ने, होहल्ला गर्नेजस्ता काम नगर्न पनि विज्ञप्तिमा भनिएको छ ।

सामाजिक सञ्जालमार्फत असामाजिक तथा अनावश्यक कुरा पोष्ट नगर्न पनि दूतावासले विज्ञप्तीमार्फत सूचित गराएको छ । यस्तै आफू कार्यरत कम्पनीमा बन्द हड्ताल, ठगी, चोरी तथा महिलामाथि दुर्व्यवहार नगर्न समेत दूतावासले अपिल गरेको छ ।

नेपाली समुदायका सदस्यहरु स्थानीय संस्कृति तथा नियम कानून विपरित सार्वजनिक स्थलमा अनैतिक कार्य गरेको गुनासो बढ्दै गएपछि दूतावासको ध्यानाकर्षण गराएको जानकारी दिएको छ । कतार सरकारले खाने कुरामा निषेधित गरेको क्षेत्रमा खुल्ला रुपमा नखान पनि दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ११ : ५८ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको