बार्सिलोनामा भएको दुर्घटनामा नेपाली युवकको मृत्यु | Khabarhub Khabarhub

बार्सिलोनामा भएको दुर्घटनामा नेपाली युवकको मृत्यु


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बार्सिलोना- स्पेनको बार्सिलोनामा भएको सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । स्याङ्जा विरूवा गाउँपालिका-६ चिन्नेबास स्थायी घर भएका २३ वर्षीय पुजन कोईरालाको शनिबार राति भएको दुर्घटनामा ज्यान गएको हो ।

होम डिलीवरीको काम गर्ने कोइराला कामकै क्रममा दुर्घटनामा परेका थिए । खाना पुर्‍याउन जाँदै गरेका उनलाई फोहोर बोक्ने सवारीले ठक्कर दिएको थियो । ठक्करबाट कोइरालाको घटनास्थलमै मृत्यु भएको गुआर्डिया उर्बाना प्रहरीले जनाएको छ ।

एनआरएनए स्पेनले घटनाबारे परिवारलाई जानकारी गराएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै एनआरएन स्पेनले कोईरालाको निधनप्रति दुःख व्यक्त गरेको छ। शव ब्यबस्थापनको लागि प्रक्रिया अगाडी बढाउने र मृतकको परिबारलाइ आर्थिक सहयोग गर्ने निर्णय एनआरएन स्पेनले गरेको अध्यक्ष चिन्तामणि सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ८ : ३७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन