प्रदेश १ को राजधानी र नामका विषयमा बहस | Khabarhub Khabarhub

प्रदेश १ को राजधानी र नामका विषयमा बहस


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ को नाम र राजधानीका विषयमा बहस शुरु भएको छ । प्रदेश सभाले सूचना प्रकाशित गरेरै सरकारसँग प्रस्ताव माग गरेको छ ।

प्रदेश १ को नामका विषयमा कोशी, सगरमाथा र किरातका विषयमा बहस भइरहेको छ ।

लामो समयसम्म सहमति हुन नसक्दा पछिल्लो समय सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनअनुसार प्रदेशसभाले नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्न सूचना जारी गरेको हो ।

प्रदेशसभा सचिवालयका कानून अधिकृत मञ्जु खड्काका अनुसार नाम र राजधानीसम्बन्धी प्रस्ताव १९ वैशाखसम्म प्रदेशसभा सचिवालयमा दर्ता गराउन अनुरोध गरिएको छ । दर्ता भएका प्रस्तावका विषयमा १९ वैशाखको कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल भएपछि सदनमा पेश हुनेछ ।

प्रदेश १ को राजधानीका लागि विराटनगर, धरान, इटहरी, गोठगाउँ ९मोरङ० र धनकुटाले पनि माग गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ५५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६