इलामको पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना | Khabarhub Khabarhub

इलामको पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– गृहमन्त्री रामबहादुर थापाले पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी देश समृद्ध बनाउन सरकार क्रियाशिल रहेको बताएका छन् ।

भारतसँग सीमा जोडिएको इलामको पशुपतिनगर सीमा नाकामा स्थापना भएको अध्यागमन कार्यालयको उद्घाटन गर्दै उनले हिमश्रङ्खला, नदी खोला, ताल र प्रकृतिमा रम्न आउने पर्यटकलाई सजिलोका लागि संरचना थप्ने काम भइरहेको बताए ।

उनले विश्वका धेरै देश पर्यटनकै माध्यमबाट धनी भएकाले सरकारले नेपालमा धेरै पर्यटक भित्र्याउन सीमा क्षेत्रमा आवश्यक संरचना तयार गरिरेहेको जानकारी दिए ।

भारतको पश्चिम बंगालस्थित दार्जिलिङ्ग आउने तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरिएको उल्लेख गर्दै उनले भारत सरकारलाई पनि आफ्नो क्षेत्रमा कार्यालय खोल्नका लागि कुटनीतिक पहल गरिएको बताए ।

कार्यक्रममा अध्यागमन कार्यालयका महानिर्देशक ईश्वरीप्रसाद पौडेलले सरकारले ल्याएको पर्यटन वर्ष–२०२० को लक्ष्य गरी अध्यागमन कार्यालय स्थापना गरिएको जानकारी गराए ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले प्रदेश सरकारले पर्यटकीय नगर घोषणा गरेको अध्यागन स्थापनापछि भुटान, बङ्गलादेशका पर्यटकलाई सेवा पुग्ने बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ६ : ०३ बजे

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै