के तपाईंको अनलाइन खाता ह्याक हुनबाट सुरक्षित छ ? | Khabarhub Khabarhub

के तपाईंको अनलाइन खाता ह्याक हुनबाट सुरक्षित छ ?


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तपाईंले आफ्नो संवेदनशील अनलाइन खाताको पासवर्ड कत्तिको सुरक्षित रुपमा राख्ने गर्नु भएको छ ? कतै तपाईं पनि लाखौँ मानिसहरुले राख्ने सहज किसिमको पासवर्ड प्रयोग गरिरहनु भएको छ कि ? यदि त्यसो हो भने आफ्नो गोपनियता सुरक्षित गर्न सहजै अरुले कल्पना गर्न सक्ने पासवर्ड राख्नबाट सचेत हुनुहोला ।

विश्वका लाखौँ मानिसले आफ्नो संवेदनशील खाताको पासवर्ड सजिलै सम्झन सकिने खालको राख्ने गरेको एक अध्ययनले देखाएको छ । बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टर (एनसीएससी) ले गरेको एक अध्ययनअनुसार ह्याक भएका अधिकांश खाताको पासवर्ड १२३४५६ राखिएको पाइएको छ ।

यो अध्ययनले साइबर सम्बन्धी ज्ञानको कमी भएकाले कमजोर पासवर्ड राखिने गरेको देखिएको छ । यसबाट भविष्यमा थप खतरा पैदा हुन सक्ने विश्लेषण गरिएको छ । उक्त सेन्टरले आफ्नो खाताको पासवर्ड बलियो (स्ट्रङ) बनाउनका लागि सहज रुपमा सम्झन सकिने तीन अलग अलग अक्षरको एक साथ प्रयोग गर्न आवश्यक रहेको जनाएको छ ।

एनसीएससीले गरेको पहिलो सर्वेक्षणमा ह्याक भएका खाताहरुको पासवर्डका विषयमा व्यापक विश्लेषण गरिएको थियो । यसक्रममा कुन शब्द तथा अंकको बढी प्रयोग भएको थियो भनेर अध्ययन गरिएको थियो ।

अध्ययनबाट अधिकांश प्रयोगकर्ताले आफ्नो खाताको पासवर्ड १२३४५६ राखेको पत्ता लागेको थियो । यति सजिलो पासवर्ड करिब २ करोड ३० लाखभन्दा बढी मानिसले प्रयोग गरेको पाइएको थियो । त्यस्तै अर्को लोकप्रिय पासवर्डका रुपमा १२३४५६७८९ राखेको पाइएको थियो । यो पासवर्ड पनि सहजै जो कोहीले अनुमान लगाउने सक्ने पासवर्डमा पर्छ ।

शीर्ष पाँच पासवर्डमा ‘qwerty’, ‘password’ र ‘1111111’ राखिएको पाइएको थियो । पासवर्डमा सबै भन्दा बढी आम रुपमा ऐश्ले, माइकल, ड्यानियल, जेसिका तथा चार्ली जस्ता नाम पनि प्रयोग भएको पाइएको थियो ।

यसैगरी, प्रिमियर लिग फुटबलको नामको पासवर्ड राख्नेले सबै भन्दा धेरै लिभरपुलको नाम राखेको पाइएको छ । यसमा चेल्सी दोस्रो नम्बरमा आउँछ । संगीतसँग सम्बन्धित पासवर्ड राख्नेले ‘ब्लिंक–१८२’ धेरैले राख्ने गरेका छन् ।

जसले आम रुपमा अनुमान लगाउन सकिने सजिलो पासवर्ड प्रयोग गर्छ, उसले आफैलाई ह्याकिंङका लागि सहज शिकार बनाइरहेको एनसीएससीका टेक्निकल निर्देशक डा. इयान लेभिले बताए ।

आफ्नो गोपनिय तथ्यांक सुरक्षित राख्न हरेक व्यक्तिले सजिलै अनुमान लगाउन सकिने पासवर्ड नराख्न उनी सुझाव दिन्छन् । आफ्नो नामको पहिलो शब्द, स्थानीय फुटबल टिम अथवा मन पर्ने म्यूजिक ब्याण्डको नाम पासवर्डमा प्रयोग नगर्न एनसीएससीले सचेत गराएको छ
यो अध्ययनमा एनसीएससीले मानिसहरुलाई सुरक्षा सम्बन्धमा सतर्कताका विषयमा पनि प्रश्न सोधेको थियो ।

यसक्रममा ४२ प्रतिशत मानिसमा पैसा चोरी हुने डर रहेको पाइएको थियो भने १५ प्रतिशत मानिस आफ्नो खाता सुरक्षित रहेकोमा विश्वस्त थिए । यस्तै आधा जसो मानिसले आफ्नो इमेल खातामा अनुमान गर्न कठिन पासवर्ड राख्ने गरेको पनि पाइएको थियो ।

ह्याक भएका खाताको डेटाबेसको निगरानी गर्ने सेक्युरिटी एक्सपर्ट ट्राय हन्टका अनुसार अनलाइन सेक्युरिटीलाई सुरक्षित राख्ने एक मात्र उपाय भनेको मजबुत पासवर्ड अथार्त अन्य व्यक्तिले सहजै अनुमान लगाउन नसक्ने पासवर्ड राख्नु हो ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ५ : १७ बजे

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण