प्रहरीलाई घुस दिन खोज्नेविरुद्ध भ्रष्टाचार मुद्दा दायर | Khabarhub Khabarhub

प्रहरीलाई घुस दिन खोज्नेविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चेकजाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्ने सवारी चालकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

भारतको नयाँदिल्लीबाट बाँकेको नेपालगन्ज हुँदै गत चैत ३० गते काठमाडौं भित्रिएको गाडीमा भन्सार छली गरि ल्याइएका सामान प्रहरीले बरामद गरेको थियो ।

महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खगिएको प्रहरी टोलीले ना ५ ख ४८४२ नम्बरको यात्रुबाहक बसबाट भन्सार छली गरेर ल्याइएका अवैध सामान बरामद गरेको थियो ।

बस चेकजाँचका क्रममा बसका चालक श्याम विश्कर्माले प्रहरीलाई ३ लाख रुपैयाँ घुस दिन खोजेका थिए । यस्तै गाडीमा रहेका दिपा राना र भरत तामाङले थप ५० हजार रुपैयाँ प्रहरीलाई घुस दिन खोजेका थिए ।

प्रहरीले घुस दिन खोज्ने तीनैजना र बसलाई समेत नियन्त्रणमा लिएको थियो । घुस दिने खोज्ने ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाइएको थियो ।

अख्तियारले तीनैजनामाथि छानबिन गरी आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ३ : ४१ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार