पत्रकारमाथि भइरहेको धरपड रोक्न प्रचण्ड र देउवाको ध्यानाकर्षण | Khabarhub Khabarhub

पत्रकारमाथि भइरहेको धरपड रोक्न प्रचण्ड र देउवाको ध्यानाकर्षण


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपडको विरोधस्वरुप नेपाल पत्रकार महासंघले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको प्रतनिधिमिण्डलले नेकपा अध्यक्ष दाहाललाई खुमलटारस्थति निवासमा र सभापति देउवालाई बुढालनिकण्ठस्थति निवासमा भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो ।

महासंघले पत्रकारहरुलाई समाचार लेखेकै आधारमा विद्युतिय कारोबार ऐन तथा राज्यवरिुद्धको अपराध मुद्दा लगाएर थुन्ने र जेल हाल्ने जस्ता कार्य बढेपछि दबाब अभियान अन्तर्गत ध्यानाकर्षण पत्र बुझाएको हो ।

महासंघले प्रेस तथा अभव्यिक्ति स्वतन्त्रताको सुनश्चितिताका लागि राजनीतकि दलका प्रमुख नेताहरुका साथै पूर्वप्रधानमन्त्रीहरु, संसद्का सभामुख र अध्यक्ष, नागरिक समाज, अधकिारकर्मीलाई ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै नेताद्वयले आफूहरु सधै प्रेस तथा अभव्यिक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउँदै महासंघले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सधै सहयोग र साथ दिने प्रतविद्धता व्यक्त गरेको महासंघका महासचिव रमेश विष्टले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ३ : ३२ बजे

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय