तत्काल ‘ए मेरो हजुर ४’ बनाउँदिनँ: झरना थापा | Khabarhub Khabarhub

तत्काल ‘ए मेरो हजुर ४’ बनाउँदिनँ: झरना थापा


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झरना थापाको फेसबूकबाट ।

काठमाडौं – निर्देशक झरना थापा यतिबेला फिल्म ‘ए मेरो हजुर ३’ का कारण चर्चामा छिन् । यो फिल्ममा झरनाको निर्देशन छ भने अनमोल केसी र झरनाकी छोरी सुहाना थापाको जोडी छ । फिल्मका दर्शकमाझ यो जोडीको राम्रो चर्चा छ ।

दर्शकले फिल्म ‘ए मेरो हजुर ३’ लाई साथ दिइरहेका छन् । नयाँ वर्षको मौका पारेर रिलिज भएको फिल्मले व्यापार गज्जबको गरेको छ । तर, दोस्रो सातापछि हलिउड फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ रिलिज भएपछि भने नेपाली फिल्मले केही दर्शक गुमाएका छन् ।

यसैबीच नायिका तथा निर्देशक झरना थापाले तत्कालै फिल्म ‘ए मेरो हजुर ४’ नबनाउने खबरहबलाई बताइन् । ‘हो, अहिले बताउँदिन, अब मैले पहिले नै घोषणा गरेको फिल्म ‘भागवत् गीता’ मा काम गर्ने सोचमा छु,’ झरनाले भनिन्, ‘यो फिल्म पनि प्रेमकथामा नै आधारित हुनेछ ।’

उनका अनुसार फिल्ममा प्रेम कथा हुनेछ । दुई पात्र भगवत् र गीताबीचको सम्बन्धमा फिल्मको कथा बन्नेछ । अहिले भने कुनै कलाकार पनि तय नगरिएको झरनाले बताइन् ।

झरनाले निर्देशन गरेका दुई फिल्म ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ व्यावसायिक रुपमा सफल भएका छन् । दर्शकले उनको तेस्रो फिल्मको पर्खाइमा छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ११ : ५६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०