विनय, प्रमोद र रविन्द्रलाई लिएर ‘मन्द–मन्द’ बनाउँदै यी निर्देशक | Khabarhub Khabarhub

विनय, प्रमोद र रविन्द्रलाई लिएर ‘मन्द–मन्द’ बनाउँदै यी निर्देशक


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘मन्द मन्द’ निर्माण हुने भएको छ । सस्पेन्स कथामा निर्माण हुने फिल्ममा राजबहादुर सानेको लेखन तथा निर्देशन रहनेछ । यस्तै फिल्ममा प्रमोद अग्रहरी, रविन्द्र झा र विनय श्रेष्ठको शीर्ष भूमिका रहने पक्का भएको छ ।

निर्माण टिमले फिल्मका अन्य कलाकार फाइनल हुन अझै बाँकी रहेको जनाएको छ । वैशाख अन्तिमबाट छायांकनमा जाने भनिएको यो फिल्ममा टेकराज रेग्मी र कमल गिरीको लगानी रहनेछ । यस्तै फिल्मलाई काठमाडौं, बुटवल, कोहलपुर, सुर्खेत, कालीकोट, जुम्ला लगायतका स्थानमा खिचिने जनाइएको छ ।

फिल्मको छायांकन दिव्यराज सुवेदीले गर्नेछन् भने कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् । फिल्मले नेपाली समाजको विद्यमान समस्यालाई कथानक बनाउनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ११ : ३६ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको