अस्ट्रेलिया चुनावका मुख्य मुद्दा: आप्रवासन, कोइलाखानी र पूर्वाधार | Khabarhub Khabarhub

अस्ट्रेलिया चुनावका मुख्य मुद्दा: आप्रवासन, कोइलाखानी र पूर्वाधार


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अस्ट्रेलियामा मे १८ मा संघीय चुनाव हुँदैछ । हरेक ३ वर्षमा हुने संघीय चुनावमा यसपाली अस्ट्रेलियाको माथिल्लो सदनमा १ सय ५१ जना र तल्लो सदनमा ४० जना प्रतिनिधिहरु चुनिँदैछन् ।

सत्तासीन लिवरल पार्टी र अन्य साना दलहरुको संयुक्त सरकारका प्रधानमन्त्री स्कट मोरिसनले मे महिनाका लागि चुनाव घोषणा गरेपछि चुनावी सरगर्मी बढेको छ । अस्ट्रेलियाको चुनावमा सबै क्षेत्रमा पार्टीहरुको प्रतिस्पर्धा भएपनि क्विन्सलेण्डको हर्रवर्ड र भिक्टोरियाको निकोलस क्षेत्रमा दुई मुख्य पार्टी लेवरले अघिल्लो चुनावमा केही सयले लिवरललाई पराजित गरेकाले यो बर्ष यस क्षेत्रको प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

अस्ट्रेलियामा सरकार र सभामुखको नेतृत्वका लागि कुनैपनि पार्टीले १ सय ५० सिट मध्ये ७७ सिटमा जीत हासिल गर्नुपर्ने हुन्छ । नभएको खण्डमा अन्य पार्टीहरु सँग मिलेर गठबन्धन सरकार बनाइन्छ ।

चुनावमा मतदानका लागि मतदाताले उम्मेदवार मध्य पहिलो, दाश्रो, तेश्रो लगायतका प्राथमिकतामा राख्नु पर्ने हुन्छ । यदि पहिलो प्राथमिकताको उम्मेद्वारले सबै भन्दा कम मत प्राप्त गरे उक्त उम्मेदवार प्रतिष्पर्धाबाट बाहिरिनुका साथै दोश्रो प्राथकिताको उम्मेद्वारले मत पाउँछ । यसरीनै उम्मेद्वार मध्येबाट सबै भन्दा बढी मत प्राप्त गर्ने विजय हुन्छन् ।

पहिलो प्राथमिकताको उम्मेद्वारले कम मत पाएमा सबै भन्दा तल्लो प्राथमिकताको उम्मेद्वारले धेरै मत ल्याई विजय हुने सम्भावना रहन्छ । सिनेटको चुनावमा भने समानुपातिक भोटको आधारमा प्रतिनिधि चुनिन्छ । अस्ट्रेलियामा हरेक योग्य मतदाताले मतदान गर्नु पर्ने बाध्यकारी प्रावधान छ, यदि नगरेमा जरिवाना तिर्नुका साथै सरकारलाई मतदान नगर्नुको कारण बारे लिखित स्पष्टिकरण उपलब्ध गराउनु पर्छ ।

सत्तासीन  लिवरल पार्टीले बढ्दो आप्रवासी दर र त्यसले पूर्वाधारमा परेको प्रभावलाई सम्बोधन गर्न भन्दै हालै स्थायी बसोबासको अनुमति १ लाख ९० हजार बाट ३० हजार कटौती गर्ने घोषणा गरेपनि विपक्षि लेवरले भने उपलब्ध पूर्वाधार, रोजगारको अवस्था, आप्रवासिको दक्षता लगायतका आधारमा आप्रवासिहरुलाई अस्ट्रेलियाका दुर्गम तथा ग्रामिण क्षेत्रमा जान प्रोत्साहन गर्ने दिर्घकालिन योजना बनाउने जनाएको छ

करिब १ करोड ५० लाख मतदाता रहेको अस्ट्रेलियाको यसपालीको चुनावमा विभिन्न पूर्वानुमानहरु शुरु भएपनि नयाँ अनिर्णित युवा मतदाताको ठूलो भूमिका रहन्छ । हालै अस्ट्रेलियन नेसनल युनिभर्सिटिले गरेको एक चुनावी सर्भेमा १२ हजार मतदाता मध्ये बहुसंख्यकले हालको सरकारले अर्थतन्त्रमा खासै योगदान नगरेको बताएका थिए । यसक्रममा हरेक ३ मध्ये २ ले अर्थतन्त्रका लागि लिवरल पार्टीलाई विश्वास गर्ने केही आधार भएपनि स्वास्थ्य, शिक्षा तथा समानताका लागि भने लेवर विश्वास योग्य रहेको वताएका थिए ।

चुनावका मुख्य मुद्दा

अस्ट्रेलियाको आगामीे चुनावमा सत्तासीन लिवरल पार्टीले आर्थिक वृद्धि तथा अर्थतन्त्रलाई मुख्य एजेन्डा बनाएको छ । चुनावको सम्मुखै घोषणा भएको यसबर्षको बजेटमा समेत अर्थतन्त्र र करका दायरामा विषेश ध्यान दिइएको छ । विपक्षी लेवरले भने सरकारले सस्तो लोकप्रियताका लागि यस्तो बजेट ल्याएको तथा सरकारी खर्चमा लिवरलले मतदातालाई आफूप्रति आकर्षित गर्न खोजेको आरोप लगाउँदै आएको छ ।

यसपटकको चुनावमा अनेकन मुद्दा भएपनि मुख्यतया, अर्थतन्त्र, जलवायु परिवर्तन, अदानी कोइला खानी, पूर्वाधार र आर्थिक व्यवस्था मुख्य मुद्दा हुन् । अस्ट्रेलियाका मुख्य शहर सिड्नी लगायतका क्षेत्रमा आप्रवासिहरुको बाक्लो उपस्थितिका कारण सार्वजनिक यातायात, शैक्षिक संस्था तथा अन्य पुर्वाधारमा भिडभाड भएकाले पार्टीले यसलाई सम्बोधन गर्ने मुद्दाहरु उठाएका छन् ।

लेवरपार्टीले भने आयकरको दायरामा हेरफेर गर्ने तथा न्यूनतम तलब बढाई आयमा एकरुपता ल्याउने बताएको छ । त्यस्तै सर्वाधिक विवादास्पद अदानी कोइला खानीलाई सत्तासीन लिवरलले अनुमोदन गर्दा लेवरले जलवायु परिवर्तनका मुद्दालाई समर्थन गरेको छ । भारतीय कम्पनीलाई कोइला उत्खननका लागि प्रारम्भिक अनुमति दिएको सत्तासीन पार्टीले यसबाट अर्थतन्त्र तथा रोजगारीका प्रसस्त अवसर सिर्जना गर्ने दावी गरेको छ ।

नेपालमा जन्मिएका पिजे श्रेष्ठले न्यू साउथ वेल्सको ब्राटन क्षेत्रमा सत्तारुढ लिवरल पार्टीबाट टिकट पाएका छन् ।

उता विपक्षी लेवरले अर्थतन्त्रमा मात्र केन्द्रित नभई वातावरणिय प्रभाव र यसकालाई अस्ट्रेलियाको अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै आएको छ । अदानी कोइला खानीका लागि प्रस्तावित क्विन्सलेण्डका स्थानीय क्षेत्रमा खानीका पक्षमा ठूलो समर्थन छ भने अन्य क्षेत्रका मतदाता उत्साहित नभएको विभिन्न सर्वेक्षणले देखाएका छन् ।

सत्तासीन लिवरल पार्टीले बढ्दो आप्रवासि दर र त्यसले पूर्वाधारमा परेको प्रभावलाई सम्बोधन गर्न भन्दै हालै स्थायी बसोबासको अनुमति १ लाख ९० हजार बाट ३० हजार कटौती गर्ने घोषणा गरेपनि विपक्षि लेवरले भने उपलब्ध पूर्वाधार, रोजगारको अवस्था, आप्रवासिको दक्षता लगायतका आधारमा आप्रवासिहरुलाई अस्ट्रेलियाका दुर्गम तथा ग्रामिण क्षेत्रमा जान प्रोत्साहन गर्ने दिर्घकालिन योजना बनाउने जनाएको छ ।

नेपालीमूलका उम्मेद‍्वार

अस्ट्रेलिया बहुसांस्कृतिक मुलुक हो । यसलाई मध्यनजर गर्दै हरेक राजनीतिक, सांस्कृतिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा विषेश जोड दिइन्छ । यसैक्रममा अस्ट्रेलियाको आगामी चुनावमा नेपालीले उम्मेद‍्वारी दिएको चर्चा छाएको छ ।

अस्ट्रेलियामा जनप्रतिनिधिको चुनावका लागि अन्य मुलुकमा नागरिक वा दोहोरो नागरिकता भएका अयोग्य हुने भएकाले नेपालीमूलका अस्ट्रेलियन नागरिक भन्न सकिन्छ । नेपालमा जन्मिएका पिजे श्रेष्ठले न्यू साउथ वेल्सको ब्राटन क्षेत्रमा सत्तारुढ लिवरल पार्टीबाट टिकट पाएका छन् ।

नेपालीमूलका मतदाताको ठूलो उपस्थिति रहेको यस क्षेत्रमा यसै पृष्ठभूमिका उम्मेद्वार भएपनि अन्यपार्टीमा अवद्ध नेपालीमूलका मतदाताको समेत उपस्थितिले यसै भन्न सक्ने अवस्था छैन् ।

त्यस्तै, वेष्टर्न अस्ट्रेलियामा अस्ट्रेलियन ग्रिन्सका तर्फबाट नेपालीमूलका भुवन खड्काले उम्मेद्वारी दिएका छन् । प्रगतिशील एजेन्डा लिएको ग्रिन्सको चौथो प्राथमिकताका उम्मेद्वार खड्का र श्रेष्ठको उपस्थिति नेपालीमूलका नागरिकका लागि सुखद सुरुवात हुन सक्छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १२ : ०४ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर