चौरीको रगत खाने मेला : सर्वसाधारणको भीड | Khabarhub Khabarhub

चौरीको रगत खाने मेला : सर्वसाधारणको भीड


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ–प्रत्येक वर्ष मुस्ताङमा लाग्ने चौंरीको रगत खाने मेलाको रौनक बढ्न थालेको छ । सोमबारदेखि जारी मेलामा चौरीको आलो रगत खान स्थानीयबासी ठूलो हुल बाँधिएर मेलास्थल पुग्ने गरेका छन् ।

चौरीको आलो रगतले मानिस निरोगी हुने विश्वासका कारण प्रत्येक वर्ष यो मेला लाग्ने गरेको छ । यसपाली पनि मुस्ताङको बोक्सीखोलामा मेला लागेको छ ।

बोक्सी खोलामा गाउँभरका चौरी भेला पारिएको छ । यो मेलाले चौरी पालन गर्ने किसानलाई दोहोरो फाइदा पुग्ने गरेको छ । दूध तथा मासुका लागि प्रयोग हुने चौरीको आलो रगत आम्दानीको अर्को स्रोत बनेको किसानको भनाई छ।

चौंरीले पाँचऔंले, निरमसी, जटामसी र यार्सागुम्बाजस्ता जटीबुटी खाने हुँदा रगतले पेटसम्बन्धी रोग निको भई शारीरिक स्फूर्ति बढ्ने जनविश्वास छ ।

एउटा चौंरीबाट १० देखि ४० गिलाससम्म रगत निकालिने गरिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ८ : ५४ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही