म्यानपावरहरूको ठगी धन्दा : पोल्याण्ड र माल्टा जाने कामदारसँग मनपरी रकम असुली | Khabarhub Khabarhub

म्यानपावरहरूको ठगी धन्दा : पोल्याण्ड र माल्टा जाने कामदारसँग मनपरी रकम असुली


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि पोल्यान्ड र माल्टा जाने कामदारसँग म्यानपावर कम्पनीले मनपरी रकम असुली गरिरहेको तथ्य फेला परेको छ ।

म्यानपावरले संस्थागत नभई व्यक्तिगत श्रम स्वीकृतिमा माल्टा र पोल्यान्ड पठाउने भन्दै धेरै रकम उठाइरहेको उजुरी वैदेशिक रोजगार विभागमा पर्ने गरेको छ ।

विगत दुई वर्षदेखि रोजगारीमा पोल्यान्ड र माल्टा पठाउने भन्दै म्यानपावरले युवा ठग्ने क्रम बढ्दो छ । पोल्यान्ड र माल्टाको रोजगारीका नाममा म्यानपावरमार्फत ठगीमा परेको भन्दै मासिक सरदर ५० जना रोजगारपीडित उजुरीका लागि आउने गरेको वैदेशिक रोजगार विभागको मुद्दा शाखाले जानकारी दिएको छ ।

सरकारले पोल्यान्ड र माल्टा रोजगारीमा जाने कामदारका लागि संस्थागत श्रम स्वीकृति जारी गर्दैन । रोजगारीका लागि यी देश जाने नेपाली कामदारले प्रायः व्यक्तिगत श्रम स्वीकृतिमा म्यानपावरले त्यहाँ पठाउने गरेका छन् ।

रोजगारीका लागि माल्टा र पोल्यान्ड जाने कामदारका हकमा सरकारले हालसम्म कुनै मापदण्ड निर्माण गरेको छैन । यसको फाइदा म्यानपावर व्यवसायीले माल्टा र पोल्यान्ड रोजगारीमा जाज खोज्न युवासँग लिइरहेका छन् । सरकारले पोल्यान्ड र माल्टा जाने नेपाली कामदारको हकमा सेवाशुल्क समेत निधारण गरेको छैन । यी देश जाने श्रमिकको हकमा सेवा सुल्क नतोक्दा म्यानपावरले मनपरी पैसा लिइरहेका छन् ।

६ महिनाअघि ओमनबाट फर्किएर आएकी धरानकी दिलकुमारी खड्काले पोल्यान्ड जानका लागि भेरी ओभरसिर्ज प्रालीमा राहदानी र १ लाख रुपैयाँ बुझाइन् । ६ महिनापछि उनको भिसा पनि आयो । तर, अहिले म्यानपावरले पोल्यान्ड जान ९ लाख माग्न थालेको छ । उनले भनिन्, ‘राहदानी पेस गर्दा ५ लाखमात्र लाग्छ भनेको थियो । तर भिसा आएपछि ७ लाख मागिरहेको छ । अब गएन भने १ लाख फिर्ता हुँदैन भनेको छ ।’

तनहुँका जीवन घिमिरेले स्टामफोड म्यानपावर प्रालीलाई ९ लाख तिरेर पोल्यान्ड जान लागेको बताए । उक्त म्यानपावरले ९ लाख शुल्क लाग्छ भनेर पैसा मागेको उनको भनाइ छ ।

यस्तै, दि हिमालयन एचआर प्रालीबाट रोजगारीका लागि पोल्यान्ड जाने तयारीमा रहेका धरानका विवेक राईलाई म्यानपावरले ९ लाख लाग्छ भनेको छ । भिभिआइ म्यानपावर प्रालिलाई माल्टा जान लागेका शिव भट्टराइले ९ लाख तिरेको बताए । म्यानपावरले ‘भिसा लाग्यो जाने भए जाँउ नभए तिम्रो १ लाख डिपोजिट पैसा फिर्ता हुँदैन’ भनेपछि जान लागेको उनले बताए ।

माल्टाको भिसा लागेपछि सवित्रा अधिकारीले शम्भु भण्डारीलाई ९ लाख तिरेको बताइन् । अधिकारी व्यक्तिको सम्र्पकमा जान लागेको बताउँछिन् ।

घिमिरे, खड्का, लिम्बु, भट्टराई जस्ता धेरै युवालाई पोल्यान्ड र माल्टा पठाउने नाममा म्यानपावर कम्पनीले चर्को रकम असुल्दै आएका छन् । यो विषयमा सरकारी निकाय भने मौन बसेको देखिन्छ । जसका कारण कामदार ठगिने क्रम बढ्दो छ ।

विभागले पोल्यान्ड र माल्टा रोजगारीमा पठाइदिने भन्दै धेरै रकम लिने म्यानपावरको बारेमा अध्ययन गरिरहेको वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानथा गुरागाईँले बताए । पोल्यान्ड र माल्टा रोजगारीका नाममा धेरै रकम असुल्ने म्यानपावरलाई कानुनी कारवाही हुने उनको भनाई छ ।

म्यानपावर व्यवसायीले पोल्यान्ड जाने कामदारसँग धेरै रकम लिए पनि भरपाई भने कम रकमको दिने गरेको कामदार बताउँछन् । मलेसिया र खाडीका देशमा राम्रै काम छोडेर रोजगारीका लागि पोल्यान्ड जाने नेपाली कामदारको संख्या बढ्दै गएको विभागको तथ्यांकले देखाएको छ । म्यानपावरका नाममा डिमान्ड ल्याएर व्यक्तिगत श्रमस्वीकृति गराई ठूलो रकम असुले पनि सम्बन्धित निकायले खासै चासो देखाएको छैन ।

पोल्यान्ड र माल्टाबाट कामदारको डिमान्ड म्यानपावर कम्पनीले नै ल्याउने गरेका छन् । प्रायः पोल्यान्ड र माल्टाको रोजगार आपूर्ति केन्द्रसँग सम्पर्क गरेर म्यानपावर व्यवसायीले डिमान्ड ल्याउने गरेको व्यवसायीहरु नै बताउँछन् । पोल्यान्ड र माल्टामा कार्यरत कामदारले पनि रोजगारदाता कम्पनीसँग मिलेर डिमाण्ड निकाल्ने गरेको व्यवसायीको भनाई छ । डिमान्ड ल्याएपछि म्यानपावरले व्यक्तिगत श्रमस्वीकृति निकालेर कामदार पठाउने गरेका छन् ।

श्रम स्वीकृति सरकारबाट लिँदा न्यून लागतको प्रमाण पेस गरी श्रम अनुमति लिने र अनुमतिपछि कामदारसँग देशअनुसार पैशा उठाउने गरेका छन् । पछिल्लो समय व्यक्तिगत श्रमस्वीकृति र वैधानिकीकरणका माध्यमबाट पोल्यान्ड र माल्टा जानेको नेपाली युवाको संख्या बढ्दो छ । यो विषयमा सरकारले खासै ध्यान दिएको छैन ।

कामदार पठाउन छलफल हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने सरकारी स्तरमै श्रम सम्झौता गरेर पोल्यान्ड र माल्टा नेपाली कामदार आपूर्ति गर्ने पहल भइरहेको जानकारी दिएको छ । यो विषयमा पोल्यान्ड र माल्टाको सम्बन्धीत निकायसँग चरणवद्ध छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

पोल्यान्ड र माल्टालाई नयाँ रोजगार गन्तव्य देशका रुपमा विस्तार गर्ने प्रयासमा मन्त्रालय रहेको छ । नेपाली युवाका लागि यी दुवै देश राम्रै श्रम बजार मानिन्छ । पछिल्लो समय सरकारसँग श्रम स्वीकृति लिएर करिब १० हजार नेपाली रोजगारीका लागि पोल्यान्ड र ९ हजार माल्टा पुगेको विभागको तथ्यांकमा छ ।

पछिल्लो समय पोल्यान्डको रोजगारीमा पठाइदिने भन्दै ठगेको धेरै उजुरी विभागमा पर्ने गरेको छ । हाल पोल्याण्ड जान भारतमा रहेका दूतावासमा करिब ३० हजार नेपालीले भिसाका लागि आवेदन दिएको हुन सक्ने एक म्यानपावर व्यवसायीले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ८ : १० बजे

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न