भद्रगोल प्रमुख प्रतिपक्षी दल कांग्रेस, १८२ विभाग रित्तै | Khabarhub Khabarhub

भद्रगोल प्रमुख प्रतिपक्षी दल कांग्रेस, १८२ विभाग रित्तै


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३ औं महाधिवेशन सकिएको तीन वर्ष बित्दासमेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभागलाई नेतृत्वबिहीन अवस्थामा राखेको छ । कांग्रेसको २० देखि २३ फागुन २०७२ मा महाधिवेशन भएको थियो । महाधिवेशन सकिएको तीन वर्ष बित्दा पनि कांग्रेसले रिक्त विभागलाई पूर्णता दिन नसकेको राजधानी दैनिकमा खबर छ ।

खुलामञ्चका सटरमा डोजर, प्रधानमन्त्री ओलीको निर्देशनपछि क्षणभरमै भत्काइयो शीर्षकको समाचारमा काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर डोजर लगाएर भत्काएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगर कार्यान्वयन महाशाखा र नेपाल प्रहरीको संयुक्त प्रयासमा ती सटर डोजर लगाएर भत्काइएका हुन् । खुलामञ्चभित्र बनाइएका सटरलगायतका संरचना डोजरले भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरूमा भागाभाग र रुवाबासी मच्चिएको थियो । खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले प्रधानमन्त्रीको निर्देशनमा शनिबार ती सटरमा डोजर लगाएको हो ।

महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुलामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिकाले त्यहाँ रहेका सटर भत्काउन बाध्य भएको हो । खुलामञ्चभित्र करिब ५० वटा सटर खडा गरेर पसल सञ्चालन हुँदै आएका थिए । महानगरको डोजर चल्नुअघिसम्म त्यहाँका पसलमा ग्राहकको भीडभाड देखिएको थियो । डोजर चलिरहँदा पसलेहरू आफ्नो सामानको सुरक्षामा लागेको देखिन्थ्यो भने कतिपय पसलेहरूले सामान निकाल्न महानगरपालिकाले पर्याप्त समय नदिएको भन्दै गुनासो पोखेका थिए ।

सर्वोच्चको आदेश, टोलीले बाँडेको नागरिकता वाहकका सन्तानले वंशजको नागरिकता नपाउने शीर्षकमा छापिएको अर्को समाचारमा सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएको नागरिकता वाहकका सन्तानलाई तत्काल वंशजका आधारमा नागरिकता प्रदान नगर्न आदेश दिएको छ । निवेदक वोर्णबहादुर कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सो समयमा बाँडिएका नागरिकता वाहकका सन्तानलाई वंशजका आधारमा नागरिकता नदिन भनेको हो ।

तर, केही दिनअघि मात्रै परिपत्र गरी नागरिकता वितरण गर्न थालिएको प्रक्रियामा कुनै समस्या नपर्ने गृह मन्त्रलायले स्पष्ट पारेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले त्यतिबेलाका नागरिक विवादमा भएकाले ती नागरिकताको विवाद नटुंगिएसम्म उनीहरूका सन्तानलाई वंशजका आधारमा नागरिकता जारी नगर्न आदेश दिएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ७ : ३४ बजे

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको

डा अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा

तोयम राय महालेखा परीक्षकमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई

इलाममा कति बिक्ला बादल र एकनाथको अनुहार ?

काठमाडौं- नेकपा एमालेका सांसद एवं परिवार दलका अध्यक्ष एकनाथ ढकाल

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र