दुर्घटनाको जानकारी दिन ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ | Khabarhub Khabarhub

दुर्घटनाको जानकारी दिन ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयको सहकार्यमा विहीबारदेखि ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’को शुभारम्भ गरिएको छ ।

प्रथम चरणमा काठमाडौँ उपत्यकाका ३४ ट्राफिक प्रहरी कार्यालय र उपत्यका बाहिर वीरगञ्जसम्मको करिडोरमा पर्ने ३० ट्राफिक प्रहरी कार्यालयलाई प्रहरी प्रधान कार्यालयको डाटा सेन्टरमा रहेको सर्भरमा जोडिने गरी उक्त प्रणालीको शुभारम्भ गरिएको हो ।
उक्त प्रणालीमार्फत सडक दुर्घटना भएलगत्तै त्यस सम्बन्धी तथ्याङ्क विद्युतीय प्रणालीमार्फत डाटा सेन्टरमा पठाउन सकिने प्रहरीले जनाएको छ ।

सडक दुर्घटना सूचना व्यवस्थापन प्रणालीको विहीबार काठमाडौँमा शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

वर्तमान सरकारले सडक सुरक्षामा विशेष ध्यान दिन सडक सुरक्षा काउन्सिल बनाउने पहल गरिरहेको समेत उनले जानकारी दिए ।
समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले सो प्रणाली अत्यन्त उपयोगी भएको र बीमा दाबी, तथ्याङ्क सङ्कलन तथा अनुसन्धान जस्ता बहुप्रयोजन कार्यका लागि प्रणाली फलदायी हुने बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आगामी दिनमा दुर्घटना र यसबाट धनजनको क्षति नहोस् भन्ने उद्देश्यका साथ योजना निर्माण गर्न सो प्रणाली सहयोगी हुने बताए । यसअघि झापाबाट दुर्घटना न्यूनीकरण गर्ने अभियान थालनी भएको थियो । प्रहरी महानिरीक्षक खनालले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउन तथा जाम हटाउन सरोकारवाला पक्षसँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ८ : ४२ बजे

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले