सोमालियामा बम आक्रमण, ११ जनाको मृत्यु | Khabarhub Khabarhub

सोमालियामा बम आक्रमण, ११ जनाको मृत्यु


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोमालिया– सोमालियाको राजधानी मोगादिशुमा भएको कार बम आक्रमणमा कम्तीमा ११ जनाको ज्यान गएको छ । मोगादिशुको मका अल मुकरामा नामक व्यस्त सडकनजिक रहेको होटेलअगाडि कार बम आक्रमण भएको सोमाली अधिकारीले जनाएका छन् ।

आक्रमणमा अरु १६ जना घाइते भएको एएफपीले जनाएको छ । रेष्टुरेन्टभित्र र बाहिर रहेका मानिसहरु आक्रमणको चपेटामा परेका थिए । व्यस्त सडकमा भएको आक्रमणका क्रममा त्यहाँ नजिक रहेका सवारी साधनमा क्षति पुगेको थियो ।

सोमालियामा सक्रिय अल कायदासम्बद्ध इस्लामिक अतिवादी लडाकु समूह अल सबाबले राजधानी मोगादिशुसहित सोमालियाका विभिन्न क्षेत्रमा बम आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ७ : ३५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द