फेसबुकले गोराजातिको उग्रवादमाथि लगायो प्रतिबन्ध | Khabarhub Khabarhub

फेसबुकले गोराजातिको उग्रवादमाथि लगायो प्रतिबन्ध


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– सामाजिक सञ्जाल फेसबुकले आफ्नो साइटमा राखिएका गोरा जातिको पृथकतावाद र गोराजातिको राष्ट्रवादलाई समर्थन गर्ने, प्रसंशा गर्ने जस्ता सामग्रीलाई हटाउने भएको छ । फेसबुकले बुधबार ब्लगमार्फत् कुनै पनि गोराजातिको उग्रवादको फेसबुकको साइटसहित इन्स्टाग्राममा समेत प्रतिबन्ध लगाउने जनाएको हो ।

न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा गत मार्च १५ मा दुई मस्जिदमा ५० जनाजनाको ज्यान जानेगरी गराइएको आक्रमणका क्रममा गोराजातिको आक्रमणकारीले फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले गोराजातिका उग्रवादविरुद्ध पछिल्लो कदम चालेको हो ।

फेसबुकको पछिल्लो नीति आगामी साताबाट औपचारिक रुपमा लागू हुने बताइएको छ । फेसबुकले यसअघि पनि रंगभेदी सामग्रीलाई प्रतिबन्ध लगाउने गरेको छ । यद्यपि गोराजातिको उग्रवादलाई पनि अब फेसबुकले रंगभेदी सामग्री मानेर त्यसमाथि प्रतिबन्ध लगाउने भएको हो ।

क्रिष्टचर्च शहरका मस्जिदमा भएको आक्रमणपछि सामाजिक सञ्जाल कम्पनीहरु फेसबुक, ट्विटर, अल्फबेट कम्पनीको युट्युब लगायतमाथि पछिल्लो समय गोराजातिको उग्रवादी सामग्रीमाथि प्रतिबन्ध लगाउन चरम दबाब रहिआएको थियो ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा अर्डेनले फेसबुकको पछिल्लो कदमको स्वागत गर्दै सामाजिक सञ्जालका यस्ता कदमले गोराजातिको उग्रवाद सम्बन्धी अनलाइन सामग्रीहरुलाई अझै निरुत्साहित गर्नुपर्ने जनाएकी छिन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : ४१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न