जेलबाट छुटेपछि राजपाल यादव शूटिङमा फर्किए | Khabarhub Khabarhub

जेलबाट छुटेपछि राजपाल यादव शूटिङमा फर्किए


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ऋण नचुकाएको अभियोगमा जेल सजाय काटेर छुटेका बलिउड कलाकार राजपाल यादव पुनः फिल्ममा फर्केका छन् ।

उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफू फिल्ममा काम गर्नका लागि उत्साहित भएको पनि बताएका छन् ।

राजपालले एक तस्वीर शेयर गर्दै इन्स्टामा लेखेका छन्, ‘म छिट्टै नै टाइम टु डान्स फिल्मको शूटिङ सूज पञ्चोली र इसाबेल कैफका साथ शुरु गर्दैछु, फिल्मको शूटिङ विदेशमा भएको छ र यसको केही हिस्साको शूटिङ बाँकी छ, हामी यसलाई सक्छौँ, यो फिल्म पहिले नै शूटिङ हुन्थ्यो, निर्माता र निर्देशकप्रति आभारी छु, जसले मेरो आउने दिनको प्रतीक्षा गरे ।’

राजपालले योसँगै अन्य केही फिल्मको छायांकन पनि सक्नुपर्ने भएको बताएका छन् ।

राजपाललाई दिल्ली उच्च न्यायालयले नोभेम्बर २०१८ मा एक कम्पनीको ऋण नचुकाएको आरोपमा तीन महिनाको जेल सजाय सुनाएको थियो । उनले सन् २०१० मा उक्त कम्पनीसँग पाँच करोड रुपैयाँ ऋण लिएका थिए ।

राजपालले भनेका छन्, ‘मलाई लाग्छ, कानून सबैका लागि बराबर हो, हाम्रो देशको कानूनसँग कोही बच्न सक्दैनन्, यसकारण मैले अदालतको आदेशको पालना गरेँ ।’ अगाडि उनले भने, ‘मैले केही मान्छेमा विश्वास गरेँ, तर उनीहरुले त्यसको गलत फाइदा उठाए, तर म त्यसमा अब केही गर्न चाहन्न, बस् म अगाडि बढ्न चाहन्छु, जिन्दगीमा धेरै कुरा मिल्नेछ ।’

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १ : ५० बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द