झरनाले भनिन् – मेरी छोरी सुहानालाई तपाईंहरुलाई छोड्दैछु | Khabarhub Khabarhub

झरनाले भनिन् – मेरी छोरी सुहानालाई तपाईंहरुलाई छोड्दैछु


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ३’ निर्माण टिमले ट्रेलर रिलिज गर्दै नायिका तथा निर्देशक झरना थापाको जन्मदिन मनाएको छ । काठमाडौंको बिग मुभिजमा बुधबार साँझ एक भेटघाट कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गर्‍यो ।

फिल्म युनिटले आयोजना गरेको ट्रेलर सार्वजनिकीकरण कार्यक्रममा निर्देशन झरना थापा, निर्माता सुनीलकुमार थापा, अभिनेता अनमोल केसी, डेब्यु कलाकार सुहाना थापा, कलाकार भुवन केसी लगायतका कलाकार उपस्थित थिए । हलमा ट्रेलर सार्वजनिक गरेपछि फिल्म युनिटले निर्देशक झरना थापाको जन्मदिन पनि सेलिब्रेसन गर्‍यो ।

उक्त कार्यक्रममा बोल्दै निर्देशक थापाले यो फिल्मबाट आफ्नी छोरीलाई दर्शकको जिम्मा लगाएको बताइन् । ‘म हिँडेको बाटो मैले छोरी सुहानालाई पनि हिँडाएकी छु, आजबाट मैले छोरीलाई तपाईंहरुको जिम्मा लगाएकी छु, मलाई जस्तै सुहानालाई पनि साथ दिनुहुनेछ भन्ने आशा छ ।’, उनले भनिन् ।

कार्यक्रममा झरनाले सुहानाको कामको खुलेर तारिफ पनि गरिन् । उनले आफू आमा मात्र नभएर निर्देशकका हिसाबले पनि उनको कामको तारिफ गरिन् ।

उक्त भेटघाटमा अभिनेता अनमोल केसीले पनि यो टिमसँग काम गर्दा रमाइलो भएको बताए । साथै उनले झरना थापाको निर्देशकीय क्षमताबाट धेरै कुरा सिकेको समेत बताए ।

युट्युबमा भने बिहीबार (आज) फिल्मको ट्रेलर सार्वजनिक गरिने भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १२ : ३८ बजे

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई