कार्यकर्ताले छोड्दैछन् विप्लव समूह | Khabarhub Khabarhub

कार्यकर्ताले छोड्दैछन् विप्लव समूह


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा समूहले पछिल्लो समय गरेको गतिविधिप्रति आफूहरुको असन्तुष्टि रहेको भन्दै समूह परित्याग गरेको उल्लेख गरिएको छ । ‘समूहको पछिल्लो कदमले अहिलेको सन्दर्भमा समूहलाई निष्कर्षमा पुर्‍याउँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘हामी आजकै मितिबाट समूह परित्याग गरी स्वतन्त्र नागरिक भएर रहन चाहन्छौँ ।’

तीनै जनाले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा समूहले गरेको क्रियाकलाप आफूहरुलाई मान्य नहुने उल्लेख गरिएको छ । गोरखा सिरानचोक गाउँपालिका–४चोरकाटे स्थायी ठेगाना भएका तीनै जना उक्त समूहमा सक्रिय कार्यकर्ताको रूपमा काम गर्दै आएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ११ : ४६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका