फ्रान्सका डिफेन्डर लुकाज अब वार्यनमा, ८० मिलियन यूरोमा खरिद | Khabarhub Khabarhub

फ्रान्सका डिफेन्डर लुकाज अब वार्यनमा, ८० मिलियन यूरोमा खरिद


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मन फुटबल क्लब वार्यन मुनिखले विश्व विजेता फ्रान्सका डिफेन्डर लुकाज हेर्नान्डेजलाई क्लबमा भित्र्याएको छ । वार्यनले हेर्नान्डेजलाई क्लबको कीर्तिमानी मूल्य ८० मिलियन युरोमा इट्लेटिको मड्रिडबाट भित्र्याएको जानकारी दिएको छ ।

२३ वर्षे युवा खेलाडी हेर्नान्डेजले मुनिखसँग ५ वर्षको सम्झौता गरेको बीबीसीले उल्लेख गरेको छ । फ्रान्सका डिफेन्डर बुन्डेसलिगाको शीर्ष क्लबमा जुन १ बाट खेल्नेछन् ।

वार्यनका डाक्टरहरुले हेर्नान्डेजको खुडाको लिगामेन्टमा समस्या आएकाले बुधबार सर्जरी गरिएको बताएका छन् ।

उनले वार्यनमा आवद्ध हुनु आफ्नो फुटबल करियरको महत्वपूर्ण क्षण भएको बताएका छन् । ‘मेरो फुटबल करियरका लागि यो महत्वपूर्ण दिन हो । वार्यन मुनिख युरोप र विश्वका उत्कृष्ट क्लबमध्येको एक हो,’ हेर्नान्डेजले बताएका छन् ।

एट्लेटिको मड्रिडमा रहँदा ६७ खेल खेलेका उनले युरोपा लिग र सुपर लिग जिताउन योगदान गरेका थिए । त्यस्तै, उनले रसिया विश्वकपसहित फ्रान्सका लागि १५ अन्तर्राष्ट्रिय उपाधी उचालेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ९ : ४३ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले