पञ्जावविरुद्धको खेलमा नायक बने कलकत्ताका आन्द्रे रुसेल | Khabarhub Khabarhub

पञ्जावविरुद्धको खेलमा नायक बने कलकत्ताका आन्द्रे रुसेल


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-इन्यिडन प्रिमियर लिग (आईपीएल) मा कलकत्ता नाइट राइडर्सले लगातार दोस्रो जीत हात पार्दा किङ्स ११ पञ्जाव पराजित भएको छ । बुधबार राति कलकत्ताको घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा घरेलु टोली कलकत्ताले पाहुना पञ्जावलाई २८ रनले पराजित गरेको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कलकत्ताले दिएको २ सय १९ रनको लक्ष्य पाएको पञ्जावले निर्धारित २० आभेर पुरा खेल्दै ४ विकेट गुमाएर १ सय ९० रन मात्रै बताउन सक्यो ।

पञ्जावलाई १९० रनमा रोक्न कलकत्ताका लागि वेष्ट इन्डिजका अलराउण्डर आन्द्रे रुसेलले अलराउण्ड प्रदर्शन गरे । उनले पञ्जावविरुद्ध ३ ओभर बलिङ गरेर २१ रन खर्चेर २ विकेट लिएका थिए ।

कलकत्ताले पहिलो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गर्दा पनि आन्द्रे रुसेलले अलराउण्ड प्रदर्शन गरेका थिए । उनले हैदरावादविरुद्ध ब्याटिङमा ४९ रन बनाएका थिए भने बलिङ तर्फ समान २ विकेट लिएका थिए ।

यस्तै, पञ्जावका दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गर्दा पनि टोलीलाई जीत दिलाउन सकेनन् ।

पञ्जावका लागि अविजित रहेका डेभिड मिलरले ५ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै, मयाङ्क अग्रवालले ६ चौका र १ छक्काको मद्दतमा ५८ रन बनाएका थिए ।

त्यस्तै, अविजित रहेका अर्का ब्याट्सम्यान मपन्दप सिंहले ३३ रन, क्रिस गेलले २० तथा सरफराज खानले १३ रन बनाए ।

पञ्जावविरुद्ध कलकत्ताका अलराउण्डर आन्द्रे रुसेलले उत्कृष्ट बलिङ गरे । उनले ३ ओभर बलिङ गरेर २१ रन खर्चदै २ विकेट लिएका थिए । यस्तै, लोकीइ फार्गुसन र पीयुस चावलाले समान एक-एक विकेट लिएका थिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको कलकत्ताका लागि रोविन उत्थपा र नितेश रानाले अर्धशतक पुरा गर्दै पञ्जावविरुद्ध १ सय १८ रन बनाउन योगदान दिएका थिए । जसमा रोविन उथ्थपाले ६ चौका र २ छक्काको मद्दतमा ६७ रन बनाए भने रानाले ७ छक्का र २ चौकाको सहयोगमा ६३ रन बनाएका थिए ।

कलकत्ताका लागि आन्द्रे रुसेलले ब्याटिङ पनि प्रभावकारी नै गरेका थिए । जसमा उनले १७ बलको सामना गर्दै ५ छक्का र ३ चौकाको सहयोगमा ४८ रन बनाए । सुनिल नारानेले २४ रन र क्रिस लियनले १० रन बनाएका थिए ।

कलकत्ताविरुद्ध पञ्जावका मोहम्मद शामी, वरुण चक्रवर्ती, हार्दुस भिलजोइन र आन्द्र्यु टाइले समान एक—एक विकेट लिएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ९ : ०१ बजे

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा