चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस | Khabarhub Khabarhub

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहानको काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले मापन गरेको यो तापक्रम बिहान ६ बजेको हो । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।

यसअघि बिहीबार विहान पौने ९ बजे काठमाडौं उपत्यकाको यस वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम ०.९ मापन भएको थियो ।

त्यस्तै तराईको हुस्सु/कुहिरो जारी नै रहेकाले चिसो बढ्न सक्ने अनुमान गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस १२ गते (शनिबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पुस १३ गते (आइतबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पुस १४ गते (सोमबार)

दिउँसो : देशको पूर्वी पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ९ : १९ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार