यस्तो बनेर आयो विराज र निकिताको ‘चरीले काफल' गीत (भिडियो) | Khabarhub Khabarhub

यस्तो बनेर आयो विराज र निकिताको ‘चरीले काफल’ गीत (भिडियो)


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ २४ देखि प्रदर्शनमा आउने फिल्म ‘साङ्लो’ मा समावेश गीत ‘चरीले काफल टिप्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत युट्युबमार्फत बिहीवार सार्वजनिक गरिएको हो ।

लोकशैलीको गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत छ । यस्तै गीतमा शिवाकोटी र मिलन नेवारको स्वर सुन्न सकिन्छ । गीतको एरेन्ज राजन इशानले गरेका हुन् ।

भिडियोमा भने विराज भट्ट र निकिता चण्डकको अभिनय देख्न सकिन्छ । गीतमा कोरसका साथ विराज र निकिताले कम्मर मर्काएका छन् । यो फिल्म निकिताको डेब्यु फिल्म हो ।

‘साङ्लो’ मा शिवम् अधिकारीको कथा रहेको छ भने मानकृष्ण महर्जनले फिल्म छायांकन गरेका हुन् । यस्तै फिल्ममा विराज र निकिताको अलावा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी, लय सङ्ग्रौला लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : २७ बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र