साग भलिबल– सेन्ट्रल जोन विजेता टोलीको ‘वास्तविक परीक्षा’ ! | Khabarhub Khabarhub

साग भलिबल– सेन्ट्रल जोन विजेता टोलीको ‘वास्तविक परीक्षा’ !



काठमाडौं– एसियन भलिबल फेडेरेसन (एभीसी) को विजेता राष्ट्रिय महिला भलिबल टोलीको आज (बिहीबार) ‘वास्तविक परीक्षा हुँदैछ । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) औपचारिक उद्घाटन अगाडि शुरु भएको भलिबलमा आफ्नो दोस्रो खेल नेपाली महिला टोलीले भारतसँग खेल्दैछ ।

दक्षिण एसियाको ‘पावरहाउस’ का रुपमा रहेको भारतसँग नेपाली टोली बेलुका ५ बजे त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा प्रतिस्पर्धा गर्दैछ ।

उद्घाटन खेलमा बंगलादेशी महिला टोलीलाई पराजीत गर्न सफल नेपाली चेलीहरुका लागि भारतलाई पराजीत गर्नु सामान्य चुनौति छैन ।

यद्यपि, टोलीका सदस्यहरु भने निकै उत्साहित छन् । अघिल्लो महिना बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एभीसी सेन्ट्रल जोनमा स्वर्ण जीतेको टोली जुनसुुकै हालातमा पनि भारतमाथि हावी हुने लक्ष्यमा रहेको छ ।

त्यतिमात्रै होइन, भारतसँग खेलेका कुनै पनि खेलमा जीत हात पार्नबाट चुक्दै आएको महिला भलिबल टोलीले सागमा घरेलु दर्शककाबीच उसलाई हराउन सके पुनः इतिहास रच्नेछ ।

तर, यो अहिलेकै अवस्थामा असम्भव जस्तै भएपनि साग खेल्ने टोलीको एकमात्रै लक्ष्य भारतलाई पराजीत गर्दै सागमा निरन्तर दोस्रो जीत हात पार्ने रहेको छ ।

बुधबार बंगलादेशविरुद्धको जीत पछिको प्रतिक्रियामा राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले भारतसँग राम्रो खेल्दै आफ्नो विजयी यात्रा कायम राख्ने बताएकी थिइन् ।

‘हामीले बंगलादेशमाथि जीत हात पार्दै राम्रो शुरुआत गरेका छौं । अब यो जीतलाई निरन्तरता दिन चहान्छौं,’ कप्तान शाहीको भनाइ थियो ।

१३ औं अन्तर्गतको महिला भलिबलमा भारत, बंगलादेश र नेपाल समूह ‘ए’ मा छन् । पहिलो खेलमा ३–० को सोझो सेटमा जीत हात पारेको नेपालका लाभि भारत एकहिसाबले ‘फलाम को च्युरा’ जस्तै छ । तर, पनि एभीसीमा स्वर्ण जितेको नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले यसअघिको भन्दा राम्रो गर्ने लक्ष्य रहेको बताए ।

‘जीतको शुरुआत भएको छ । यो लयलाई कायम राख्दै यसअघिको भन्दा नयाँ उचाई लिने लक्ष्यमा छौं,’ भट्टले भने ।

प्रशिक्षक भट्टले भारतविरुद्धको खेल अगाडि खेलाडी र प्रशिक्षक सबै जना ‘नर्भस’ रहेको बताएका छन् । उनले टोलीमा खेलाडीहरुमा सर्भिस स्किल र रिसिभ स्किलमा सुधार आएको बताए ।

‘भारत अनुभवी र साग खेलकुदमा बलियो टोली हो । तर, हाम्रो पनि टिम राम्रो छ । उनीहरुसँग राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छौं,’ भट्टले भने, ‘खेलाडीसहित हामी सबै बिहीबारको खेललाई लिएर दबाबमा छौं । तर, त्यसलाई हौसलाका रुपमा लिन्छौं ।’

एभीसी सेन्ट्रल जोनमा खेलेका ५ खेलमा अपराजित रहेको महिला टोलीले अरुणाको कप्तानीमा अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार छौठौं जीत हात पारेको हो ।

पहिलो पटक टोलीको कप्तानी सम्हालेकी अरुणाले एभीसीमा स्वर्ण दिलाउन सफल भएकी थिइन् । जुन अहिलेसम्म भलिबलमा नेपालले पाएको ‘ठूलो’ सफलता हो ।

एभीसी जितेको भारतसँगको खेललाई लिएर निकै हौसिएको पनि छ । भारतसँग सम्हालियर खेल्न सके सागमा नेपाली टोलीले नतिजा आफ्नो पक्षमा पार्न पनि सक्छ ।

तर, नेपाली टोलीमा अनुभवी टोलीसँग प्रतिस्पर्धा गरेका खेलाडीको संख्या कम मात्रै छ । जुन नेपाली टोलीको ‘कमजोरी’का रुपमा देखा पर्न सक्छ ।

बंगलादेशविरुद्धको खेलमा नेपाली महिला टोलीले केही कमजोरीहरु गर्दा बंगलादेशले ११ स्कोर बनाउन सकेको थियो । तर, भारतविरुद्ध ती कमजोरीलाई नदोहो¥याउने कप्तान अरुणाले बताइन् ।

बंगलादेशको खेल ‘स्लो’ हुँदा नेपालको खेलमा कमजोरी देखिएको प्रशिक्षक भट्टले बताए । यद्यपि उनले टोली दबाबमा भने नरहेको बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  २ : ५३ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ