पारिवारिक तनाव समाधानका यी हुन् उपाय | Khabarhub Khabarhub

पारिवारिक तनाव समाधानका यी हुन् उपाय


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनाव आजभोलि सामान्य जस्तै बनेको छ । अधिकांश मानिसमा केही न केही विषयको तनाव रहेको पाइन्छ ।

तर यसको सही व्यवस्थापन गर्न नसकेको खण्डमा मानिस डिप्रेसन लगायतका समस्यामा पर्न जान्छ ।

जुन भविष्यमा जटिल समस्या बन्ने मात्र होइन यसले व्यतिलाई सामान्य अवस्थाबाट असामान्य अवस्थामा नै पुर्‍याउँछ ।

त्यसैले तनावको विसर्जन सबैभन्दा महत्वपूर्ण विषय हो । तनावलाई सुरुवाती दिनमा नै समाधान गर्न सकिन्छ । त्यसका लागि तनावको मूल कारण पत्ता लगाउन आवश्यक हुन्छ र त्यसको समाधानको उपायको खजी गर्न आवश्यक हुन्छ ।

तनाव एक यस्तो मानसिक समस्या हो जसबाट आजभोलि धेरै मानिस प्रभावित भइरहेका छन् । कार्यालयदेखि लिएर घरसम्म कुनै न कुनै तनाव मानिसहरुलाई हुने गरेको छ ।

अफिसमा भोग्नपरिरहेको तनाव सहज रुपमा कम गर्न सकिन्छ । तर पारिवारिक तनाव एक यस्तो समस्या हो जसको व्यवस्थापन गर्न त्यति सजिलो छैन । अफिसको तनाव कामको चाप वा अन्य कारणले उत्पन्न हुने हुँदा त्यसलाई केही सहज रुपमा समाधान गर्न सकिन्छ । तर परिवारका कारण उत्पन्न भएको तनाव व्यक्तिलाई मानसिक रुपमा बिरामी बनाइदिन्छ ।

पारिवारिक तनावका कारण व्यक्ति समस्यामा परिरहेको हुन्छ । तर यसलाई सही व्यवस्थापन गर्न सकियो भने ठूलो समस्याबाट उन्मुक्ति पाउन सकिन्छ ।

के हो पारिवारिक तनाव ?

पारिवारिक तनाव उत्पन्न हुनुको प्रमुख कारण परिवारका सदस्यबीचको लडाई–झगडा र सम्बन्धमा आएको तिक्तता हो । जो सामान्यता विवाहपछि उत्पन्न हुने गरेको छ ।

नेपाली समाजमा संयुक्त परिवारको परिपाटी रहेको छ । जुन धेरै पक्षका लागि सकारात्मक विषय हो । तर कहिलेकाही पारिवारिक बेमेलका कारण समस्या उत्पन्न हुन्छन् र मानिसमा त्यसले नराम्रोसँग असर पारिरहेको हुन्छ ।

विवाहपछि व्यक्तिमाथि नयाँ नयाँ पारिवारिक उल्झनहरु आउन थाल्छन् । जसलाई सही व्यवस्थापन गर्न सकियो भने परिवार सही ढंगमा चल्छ भने व्यक्ति स्वयंलाई पनि तनावका कारण पर्ने समस्या समाधान गर्न सकिन्छ ।

विवाहपछि व्यक्तिलाई नयाँ जिम्मेवारीको दबाव आउँछ । हरेकलाई खुशी राख्ने दबाव हुन्छ । पति पत्नीबीचको सम्बन्ध, बालबालिकाको हेरचाह, आमाबुवाको हेरचाह, नयाँ सम्बन्धहरुलाई ठिक स्थानमा राख्नुपर्ने दबाव आदी समस्या उत्पन्न हुन जान्छ ।

जसले तपाईको दिमागमा दबाव सिर्जना गर्छ र विस्तारै डिप्रेसनमा जाने खतरा बृद्धि हुन्छ । त्यसैले पारिवारिक समस्याहरुबाट भाग्ने नभइ त्यसलाई समाधान गर्नेतर्फ अघि बढ्न जरुरी छ ।

कसरी गर्ने कम ?

पारिवारिक तनाव भएको व्यक्ति तपाईं मात्र होइन । धेरैले यस्तो तनावको सामना गरिरहेका छन् । त्यसैले देखिएका समस्यालाई समाधान गर्ने तर्फ कदम अघि बढाउन जरुरी छ ।

पारिवारका सदस्यहरुसँग समस्याका बारेमा कुरा गर्ने बानीको विकास गर्नुहोस् । चुप लागेर वा रिसाएर समस्या समाधान हुँदैन बरु त्यसले तनावलाई अझ बढाउँदै लैजान्छ ।

जिम्मेवारीहरुलाई बोझको रुपमा लिने गर्नुभएको छ भने त्यसलाई सहज रुपमा लिने गर्नुहोस् । व्यक्तिले हरेक खालको जिम्मेवारी बहन गर्नुपर्छ र त्यसलाई त्यही रुपमा वा सहज रुपमा लिने गर्नुहोस् ।

कार्यालयमा तनाव भए तपाई कामबाट विदा हुने वा अर्को विकल्पको खोजी गर्न सक्नु हुन्छ तर परिवारको विकल्प अर्को हुन सक्दैन त्यसैले समाधानको विषयमा गम्भीर हुने गर्नुहोस् ।

पारिवारिक बेमेलको अवस्था आउनु अस्वभाविक होइन । कहिले आर्थिक कारणले त कहिले अन्य कारणले तनाव आउने गर्छ ।

त्यसकारण तपाईले परिवारका सदस्यहरुसँग खुलस्त कुरा गर्ने गर्नुहोस् वा समस्याहरुबारे प्रस्ट पार्नुहोस् ।

संयुक्त परिवार वा पति पत्नी, बुवा आमा, दाजूभाइ, बुहारी, भाउजु लगायतका परिवारका सदस्यहरुबीच पारिवारिक बैठकहरुको आयोजना गर्दा पारिवारिक समस्या समाधान गर्न सहज हुन्छ ।

समस्याहरुका बारेमा उक्त छलफलमा स्पस्ट कुरा राख्ने र समाधानको विषयमा पनि छलफल गर्दा पारिवारिक रुपमा हुने तनाव कम हुन जान्छ ।

सासू बुहारी, दाजूभाइ, देउरानी जेठानीबीच बेमेल हुँदा सामान्यतया नेपाली समाजमा पारिवारिक समस्या उत्पन्न हुने गरेका छन् ।
त्यसका लागि सम्बन्धित व्यक्तिलाई आफ्नो जिम्मेवारीबारे राम्रोसँग जानकारी गराउन सकिएको खण्डमा पनि पारिवारिक तनाव कम गर्न सहज हुन्छ ।

पत्नीले आफ्नो जिम्मेवारी र भूमिका, दाइ वा भाइले आफ्नो जिम्मेवारी र भूमिका, आमा बुवाले आफ्नो जिम्मेवारी र भूमिका वा अन्य परिवारका सदस्यले आफ्नो जिम्मेवारी र भूमिका सही रुपमा निभएमा पारिवारिक तनाब उत्पन्न हुने अवस्था बन्दैन ।

त्यसका लागि सबैले आफ्नो आफ्नो दायित्व, जिम्मेवारी र भूमिकालाई सही रुपमा निर्वाह गर्ने वातावरण परिवारमा बनाउन पहल गर्नु आवश्यक हुन्छ ।

परिवारले एक टीम जसरी काम गर्न आवश्यक छ । यसो गर्न सकियो भने परिवारका सबैमा हाँसी खुसीको वातावरण बन्छ ।

परिवारमा आनन्ददायक वातावरण हुनु जरुरी छ । त्यसका लागि बालबालिका लागि नियम अनुशासन र सीमाहरु हुन जरुरी छ भने आमाबुवा र अन्य सदस्यबीच पनि आत्मियता र खुल्लापन हुन जरुरी छ ।

कोहीकसैसँग डराउने वा नजिक नपर्ने अवस्था बन्नु हुँदैन । यसका लागि परिवारका सदस्यहरु बेलाबेलामा बाहिर घुम्न जाँने र सँगै समय विताउने काम गर्न जरुरी छ ।

व्यक्ति स्वयंलाई केही समस्या परेको खण्डमा परिवारका सदस्यहरुसँग ति समस्याहरुलाई राख्ने र त्यसको समाधानको उपाय खोज्ने कामम गर्न जरुरी छ ।

परिवारिक तनाव उत्पन्न भएको बेलामा कराएर होइन माया गरेर वा सम्झाएर समस्या समाधान गर्ने गर्नुपर्छ । केही गल्ती परिवारका सदस्यले गरिहालेको खण्डमा त्यसलाई ठूलो बनाउने भन्दा माफ गर्ने र गल्ती सुधार गर्ने मौका दिने तर्फ अघि बढ्न जरुरी छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  २ : ४९ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५