भागबण्डामा बनेको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : डा. भट्टराई | Khabarhub Khabarhub

भागबण्डामा बनेको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : डा. भट्टराई


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने ठोकुवा गरेका छन् ।

बिहीबार दाङमा आयोजित एक साक्षात्कारमा उनले दलहरुको भागबन्डामा बनेको आयोग अत्यन्तै कम्जोर प्रकृतिको भएको टिप्पणी गरे । बाबुरामले भने,‘अख्तियारले साना माछालाई समातेपनि ठूला माछालाई समात्न सक्दैन् । जनताप्रति पूर्ण उत्तरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्था गर्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले प्रधामन्त्रीलगायत सबैले गर्ने भ्रष्टाचारको छानबिन गरेर भ्रष्टाचार रोक्न सकोस भन्दै आयोगलाई सुझाव दिए ।

भट्टराईले देश गरिबी र बेरोजगारको दुष्चक्रमा रहेको बताउँदै दुई तिहाइ बहुमतको सरकारले देखिनेगरी काम गर्न नसकेको पनि आरोप लगाए ।

देशमा रोजगारी र सुखी नेपाली र समृद्ध नेपालको नाराबाहेक देखिनेगरी अर्थतन्त्रको पाटोमा सरकारले कुनै परिवर्तन ल्याउन नसकेको उनको टिप्पणी छ । उनले योजनाका साथ अघि बढ्न सरकारलाई आग्रह समेत गरेका छन् ।

‘दुई तिहाई प्राप्त बहुमतको सरकारले देखिनेगरी न त रोजगार सिर्जना गर्नसक्यो , न त लगानी प्रर्वद्धन गरेर ठूलठूला उद्योगधन्दा खोल्न सक्यो । न त देखिनेगरी आर्थिक परिर्वन गर्न सक्यो,’अध्यक्ष भट्टराई भने ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १ : ४७ बजे

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको