टिकटकमा चीनविरुद्ध सन्देश दिएपछि यी युवतीको चुलियो चर्चा | Khabarhub Khabarhub

टिकटकमा चीनविरुद्ध सन्देश दिएपछि यी युवतीको चुलियो चर्चा


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जाल टिकटकमा चीनविरोधी सन्देश दिएपछि एक युवतीको चर्चा भएको छ । फिरोजा अजीज नाम गरेकी युवतीले भिडियोमा शुरुमा मेकअप गर्न सिकाउँदै हुन्छिन् । पछि उनी राजनीतिक कुरा गर्न थाल्छिन् ।

उनले भिडियोको क्याप्सनमा लेखेकी छिन्, ‘हाइ गाइज, चीनको अवस्था के छ भनेर मैले एउटा भिडियो बनाइरहेकी छु ।’

उनले भिडियोमा चीन सरकारले मुसलमानहरुलाई कसरी थुनामा राखेको छ, यसबारेमा बोल्छिन् । ४० सेकेन्ट लामो उक्त क्लिपमा ती युवतीले चिनियाँ सरकारको विरोध गर्छिन् ।

साथै उनले थुनाकेन्द्रको समेत आलोचना गर्छिन् । उनले मुसलमान उइगुरुहरलाई थुनाकेन्द्रमा राखिएको विषयको विरोध समेत गर्छिन् ।

युवतीले भिडियोमार्फत थुनाकेन्द्र बनाएर मुसलमानहरुलाई राखिने र परिवारबाट छुट्टाइने गरेको आरोप लगाउँछिन् । बेइजिङले भने ती शिविरलाई व्यावसायिक तालिम केन्द्र भन्ने गरेको छ ।

पश्चिमा मुलुकहरुले भने चीनले उइगुर संस्कृति र इस्लामी अभ्यास मेटाउन खोलिएका सामूहिक थुनाकेन्द्र भएको बताएका छन् ।

यो भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भएको छ । टिकटकमा मात्र भिडियो १५ लाखभन्दा बढीले हेरेका छन् । यो भिडियो सार्वजनिक भएपछि चिनियाँ कम्पनी टिकटकले अजिजलाई अस्थायी रुपमा प्रतिबन्ध समेत लगाएको थियो ।

 

View this post on Instagram

 

Hi guys, I made a video about the situation in China with how the government is capturing the Uyghur Muslims and placing them into concentration camps. Once you enter these camps, you’re lucky if you get out. Innocent humans are being murdered, tortured, raped, receiving shock therapy, and so much more that I can’t even describe. They are holding a genocide against Muslims and they’re getting away with it. We need to spread awareness. I know it might sound useless, what can spreading awareness and talking about this even do? What are we supposed to do about it? We have our voices and technology to help us. Speak to those who can help! The UN failed to stop this genocide in the summer, we can’t let that happen again. We can’t be silent on another holocaust that is bound to happen. We can’t be another failed generation of “what could’ve, should’ve, would’ve”. We are strong people. We can do this. Only if we try #muslim #islam #tiktok #uyghurmuslims #china #freepalestine

A post shared by Feroza Aziz? (@ferozzaaa) on

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १ : १६ बजे

गृहमन्त्री लामिछानेले सत्ताबाहिर बसेर छानबिनलाई सघाउन् : रमेश खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता रमेश खरेलले

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट 

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन

प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित

काठमाडौं– चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान

इरानले इजरायलमाथि गरेको आक्रमणले मध्यपूर्वमा तनाव 

जेरुसेलम– इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको

अर्घौ मौलाकालिका मन्दिरमा मूर्ति समर्पण

गण्डकी– पोखरा महानगरपालिका-२८ स्थित अर्घौ मौलाकालिका भगवती मन्दिरमा धार्मिक अनुष्ठान