सोफी विल्मस् बनिन् बेल्जियमको पहिलो महिला प्रधानमन्त्री | Khabarhub Khabarhub

सोफी विल्मस् बनिन् बेल्जियमको पहिलो महिला प्रधानमन्त्री


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेल्जियमकी अर्थ तथा बजेट मन्त्री सोफी सोफी विल्मस् मुलुकको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।

बेल्जियमका अर्थ तथा बजेट मन्त्री सोफी विल्मसलाई देशको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा चुनिएको हो । उनी नरम दक्षिणपन्थी धार बोकेको मुभ्मेन्ट रिफरम्याटर (सुधारबादी आन्दोलन-एमआर ) पार्टीकी नेत्री हुन् ।

अक्टुबर २०१४ देखि सोफी विल्म्सको एमआर पार्टी मिशेल सरकारको हिस्साको रूपमा गठबन्धनमा थियो । जसले बेल्जियमका निवर्तमान प्रधानमन्त्री चार्ल्स मिशेललाई समर्थन गरेको थियो । अहिले पनि उनीहरुकै समर्थनमा सोफी प्रधानमन्त्री बनेको बताइन्छ ।

४४ बर्षका राजा फिलिपद्वारा प्रधानमन्त्री सोफीले औपचारिक शपथ लिएपछि उनले आफ्नो कार्यभार सम्हालेकी छन् । उनलाई २७ अक्टोबर आइतबार बिहान औपचारिक रुपमा राजकीय समारोहका बीच शपथ गराईएको छ।

२०१८ को डिसेम्बरबाटै अघिल्लो सरकारले बिश्वासको मत गुमाएपछि बेल्जियममा मिचेलको नेतृत्वको सरकार काम चलाउ भएको हो । र, अहिलेसम्म पनि बेल्जियममा त्यही काम चलाउ सरकारले काम गरिरहेको छ । गत मेमा भएको संसदीय चुनावमा समेत कसैको स्पष्ट बहुमत आउन नसकेकोले यो जटिल अवस्था आएको हो।

बेल्जियमको राजनीतिक संकटको लागि विश्व प्रसिद्ध छ । सन् २०१०-२०११ मा यो देश ५४१ दिन सरकारबिना नै सञ्चालन भएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ५ : ३९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन